कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थी कुटपिट प्रकरणमा संलग्न ठेकेदार भीमसेन राना रिहा भएका छन । ईन्जिनियर अवस्थी कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार राना बिहीबार रिहा भएका भएका हुन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट ५ हजार धरौटी सहित राना रिहा भएका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले ठेकेदार रानाबाट ५ हजार धरौटी लिएर तारेखमा छाडिएको बताए । अन्य दुई जना नरेश राना र जगदिश राना साधारण तारेखमा रिहा भएका छन । ठेकेदार प्रहरी हिरासतबाट मुक्त भएपछी ईन्जिनियर अवस्थी कुटपिट प्रकरण ११ दिनमा साम्य भएको छ । ईन्जिनियर अवस्थी र ठेकेदार रानाविच बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा समेत मिलापत्र भएको थियो ।

११ मंसिरमा निर्माण व्यवसायी भीमसेन राना समुहले ईन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए । कुटपिट प्रकरणमा ईन्जिनियर अवस्थीले कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालन समेत रहेका राना सहित तीन जना बिरुद्धमा प्रहरीमा उजुरी दिएका थिए । भने, ईन्जिनियर अवस्थी बिरुद्धमा ठेकेदार रानाले अख्तियारमा उजुरी दिएका थिए । ठेकेदार सहित तीनै जनाले ईन्जिनियर अवस्थीसंग लिखित माफि समेत मागेका छन ।

लालझाडी गाँउपालिका २ कञ्ज बजारमा निर्माण भईरहेको सडक स्तरोन्नती योजनामा ११ मंसिरमा भएको निर्माण व्यवसायीका पक्षबाट ईन्जिनियर अवस्थीमाथि दुव्र्यवहार हातपातका विषयमा सार्वजनिक रुपमा माफि मागेका थिए ।

कुटपिट प्रकरणमा ईन्जिनियरले योजना शु्रुवात भएदेखि डेढलाख कमिसन मागेको विषयमा ठेकेदार रानाले बोलेको विषय समेत आधारहिन भएको बताएका छन । निर्माण व्यवसायी रानाले घटनाका बेला ईन्जिनियर अवस्थीले कमिसन मागेको र अन्य योजनाहरुबाट समेत कमिसन माग्दै आएको लगाएका आरोप निराधार भएको बताएका हुन । अब उपरान्त यस्ता घटना दोहोरिन नदिने र प्रतिशोध समेत नराख्ने विषयमा सहमती गरेका छन । उक्त घटना घटेपछि योजनाको काम ठप्पदेखि अन्य योजनाको कामकाज प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुस