कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले कञ्चनपुरको बेलडाँडी गाँउपालिका झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका छन ।

प्रदेश सभा सदस्य संसद विष्टले बेलडाँडीको झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको अनुगमन गरेका हुन ।

संसद विष्टले बिहीबार आफ्नो निर्वाचन क्षेत्र बेलडाँडी गाँउपालिका १ झर्नाखोला र ५ चौधर नदीमा बन्ने पक्की पुल निर्माण योजनाको स्थलगत अनुगमन गरेका छन । यस अघि नै ठेक्का भएको चौधर नदीको पुल समयमै निर्माण गर्न निर्माण व्यवसायी डिल्लीराज लेखक सहित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन । भने अब बन्ने झर्नाखोला पुल निर्माण स्थलको अनुगमन गर्दै शिघ्र ठेक्का प्रकृयामा जान आब्हान गरेका छन । संसद विष्टले चौधर र झर्नाखोलाको नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि समेत पहल गर्ने बताए ।

प्रदेश संसद विष्टसंगै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारी, ईन्जिनियर हेमराज भट्ट, सहितका बेलडाँडीका स्थानीय जनप्रतिनिधी सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुस