कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनमा सर्पट फडानी भएको छ । कृष्णपुर नगरपालिका २वाणीमा रहेको गडबिजला समुदायिक वनमा फडानी भएको छ ।
सामुदायिक वनमा सालका रुख काटिएका छन । तस्कर समुहले ठाडै सालका रुख काटेपछि सरक्षणकर्मीको ध्यान सिघै गडबिजला समुदायिक वनमा केन्द्रीत भएको छ ।
गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले बनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काचा रुख काटेको बताए ।
सामुदायिक वन सखाप पार्ने गरी सालका रुख काटिएपछि चौतर्फि रुपमा तस्कर समुहको पहिचान गरेर कार्बाहीको माग अघि सारिएको छ । स्थानीयले वनकै कर्मचारीहरुले वनमा गस्ती नहुँदादेखि लार्पबाहीले वन सखाप भईरहेको आरोप लगाएका छन ।
कृष्णपुरका युवा समाजसेवी सुरेन्द्र बमले तस्कर समुहले गाँउमा युवा परिचालन गरेर रुख काटेको अथ्र्याएका छन । समाजसेवी बमले समाजिक सञ्जाल मार्फत गरिब निमुखाका छोराछोरी परिचालन गरेर यस्ता तस्करी भईरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।
यसरी सामुदायिक वनभित्र सालका रुख काटिएपछि कृष्णपुर २का वडाध्यक्ष अर्जुन साउदले घटना स्थलको अनुगमन गर्दै दोषि पत्ता लगाउन आब्हान गरेका छन ।
सव डिभिजन वन कार्यालय वाणिले उक्त रुख तस्करीको विषयमा छानबिन भईरहेको जनाएको छ ।