कञ्चनपुर । कञ्चनपुरको लाईन्स क्लब अफ महेन्द्रनगरद्वारा महिला तथा बृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडा नं. ०५ बनगाउँमा रहेको महिला तथा बृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेको हो । लाईन्स क्लब अफ महेन्द्रनगरका अध्यक्ष लक्ष्मी दत्त पाण्डेयले मानवीय सेवाका साथै बाआमाको अवस्थालाई मध्य नजर गर्दै लाईन्स क्लब अफले सहयोग गरेको हो ।

लाईन्स क्लब अफ महेन्द्रनगरका अध्यक्ष पाण्डेयले चामल, दाल, तेल, आलु, जेरी लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको बताउुन भएको छ । खाद्यन्न सहयोगले बृद्ध सेवा केन्द्र खुसी भएको बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले बताईन । यस केन्द्रमा स्थानीय, प्रदेश र संघ सरकारले बृद्धबृद्धाको मुखको अहारा खुसी पेटमा लात हान्ने गरेकोले दुखेसो गरेका छन । स्थानीय तहले सात बर्षदेखि आश्रममा कुनै किसिमको सहयोग नगरेकाले सहयोगका लागि आग्रह गरेकी छिन ।

महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष चन्दले सम्पूर्ण उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजिवी, व्यक्ति, फर्म र मुठीदाताहरुलाई बिशेष धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा गरेकी हुन । लायन्स क्लब अफ महेन्द्रनगरका पूर्व अध्यक्ष गणेश बोहरा, करन चन्द, धर्मसिंह रावल, कोषाध्यक्ष गजेन्द्र लेखकको उपस्थिति रहेको थियो । यस केन्द्रमा बालबालिका, बृद्धबुद्धा, मानसिक सुन्तलन गुमाएका ६५ जना रहेका छन्।

 

 

प्रतिक्रिया दिनुस