नवराज अवस्थी

कञ्चनपुर । पुर्व खानेपानीमन्त्री बीना मगरले पश्चिम नेपालका थारु समुदायले मनाउने माघी पर्व समुदायको विकास केन्द्रीत हुनुपर्नेमा जोडदिएकी छिन । बिहीबारदेखि कञ्चनपुरको बेलौरी खुला मञ्चमा थारुकल्याणकारीणी सभाले आयोजना गरेको माघी महोत्सवको उद्घाटन गर्दै पुर्वमन्त्री मगरले थारु समुदायले मनाउने माघी पर्व समुदायको विकास केन्द्रीत हुनुपर्नेमा जोडदिएकी हुन ।

पुर्वमन्त्री मगरले माघी पर्वले ठुलो महत्व राख्ने बताउँदै पर्वलाई समुदायको एकता, बृद्धि विकास केन्द्रीत अघि बढाउन सरोकारवालाले भूमिका निर्वाह गर्नुपर्ने आब्हान गरेकी छिन । ‘थारु समुदायभित्र मनाउने माघी ठुलो अर्थ छ, बषौँदेखि रहेका गतिबिधी, कार्य क्षमता, नयाँ नेतृत्व चयन गर्ने टोलको नेतृत्व गर्न सकोस, जनता र महिला बालबालिकाको सरक्षण गरोस, ‘उनले भनिन, ‘जसले समाजमा रहेका समस्याको समिक्षा सहित गाँउ समाज नयाँ नेतृत्व सहित नयाँ कामको थलनी गर्ने पर्व हो ।’ आफ्नो कला, धर्म, संस्कृति सरक्षणका लागि महोत्सव प्रभावकारी हुने बताए ।

माघी पर्वलाई समुदायको समाजिक, साँस्कृतिक विकासका लागि सरकारी निकायबाट समेत सहयोग गर्नुपर्ने बताईन । थारु पहिरनमा सजिएकी पुर्वमन्त्री मगरले पश्चिम नेपालका थारु समुदायको लोक संस्कृतिक गहना समेत भएको बताईन । माओवादी नेतृ समेत रहेकी पुर्वमन्त्री मगरले थारु समुदायको लोक ऐतिहासिक परम्परलाई सरक्षण सम्र्बद्धनका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरिन ।

प्रतिक्रिया दिनुस