कृष्ण नेपाली

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ०५ बनगाउँमा रहेको महिला तथा बृद्ध सेवा केन्द्रलाई अष्ट्रेलियाको मेलबर्नमा रहेको नेप्लिज नेबरहुड कम्युनिटीद्धारा खाद्यान्न सहयोग गरेको छ । बिहीबार  महिला तथा बृद्ध सेवा केन्द्रलाई चिसोयाम बढेसंगै खाद्यान्न सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो । दिनदिनै बढ्दै गएको चिसोका कारण बाआमाको अवस्थालाई मध्य नजर गर्दै अष्ट्रेलियामा रहेको सो कमिटिले बृद्ध सेवा केन्द्रलाई सहयोग गरेको हो ।

अष्ट्रेलियाको मेलबर्नमा रहेको नेप्लिज नेबरहुड कम्युनिटीका अध्यक्ष कृष्ण बहादुर महरा क्षेत्री र उनकी दम्पती सरस्वति महरा क्षेत्रीले खाद्यान्न सामाग्रीका साथै न्यानो कपडा वितरण गरेका हुन । आफूले देउसी भैलो खेलेर अष्ट्रेलियामा केही फन्ट जमागरी नेपालका विभिन्न ठाउँमा सहयोग गरिने अध्यक्ष कृष्ण बहादुर महरा क्षेत्रीले बताए ।

महेन्द्रनगरको सदरमुकाममा रहेको यस बृद्ध सेवा केन्द्रमा बृद्धबृद्धाको नाजुक अवस्था देखेका अष्ट्रेलीयाली फन्डबाट झण्डै ६० हजार बराबरको खाद्यान्न जुत्ता चप्पल न्यानो कपडा वितरण गरिएको बताए । यस बृद्ध सेवा केन्द्रले थुप्रै समस्या भोग्दै गरेकोले आफूले दिएको सहयोग कम भएको मनकारी अध्यक्ष क्षेत्रीले बताए ।

स्वदेशी तथा विदेशी व्यापारी व्यवसायी व्यक्ति फर्म मुठीदान गर्ने सहयोगी हातहरुलाई आफूहरुले जस्तै निसन्देश श्रद्धा मनले सहयोग गरिदिनहुन समेत आग्रह गरे । बृद्ध सेवा केन्द्रमा कृष्ण बहादुर महराको सहयोगले बृद्ध सेवा केन्द्र खुसी भएको बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले बताईन ।

आफ्नो यस केन्द्रमा स्थानीय, प्रदेश र संघ सरकारले बृद्धबृद्धाको मुखको अहारा खुसी पेटमा लात हान्ने गरेकोले दुखेसो पोखिन । स्थानीय सरकारले विगत ७ बर्षदेखि आश्रममा कुनै किसिमको सहयोग नगरेकाले सहयोगका लागि समेत आग्रह गरेकी छिन ।

अध्यक्ष चन्दले अजिंगरको आहारा दैवले पु¥याउँछ भने झै स्थानीय, प्रदेश र संघ सरकारले अनुदान कटौती गरेकाले सहयोगी हातहरुले आहारा बृद्ध सेवा केन्द्रमा पठाएकोमा खुसी भईन । उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजिवी, व्यक्ति, फर्म र मुठीदाताहरुलाई बिशेष धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा राखेकी हुन । यस केन्द्रमा बालबालिका, बृद्धबुद्धा, मानसिक सुन्तलन गुमाएका ६५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुस