केबी रावल÷भुपेन्द्र ओली 

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका एक लघुवित्तको ग्राहक तथा ऋर्णी ठगिधन्दा चलिरहेको छ । दोधाराचाँदनी नगरपालिका ५ दोधारामा रहेको ईन्फिनिटी लघुवित्त वित्तीय संस्था ग्राहक तथा ऋर्णी ठगिधन्दा गरिहहेको पाईन्छ ।

केन्द्रीय कार्यालयबाट दोधारा पठाएका प्रमुख देखिका कर्मचारी संस्थाको नीति, सिद्धान्त विपरित जनताको रकम अपलनमा संलग्न भएपछि दोधाराचाँदनीमा अहिले उक्त संस्थाको सन्त्रास फैलिएको छ । केन्द्रीय कार्यालयले नै ठगिमा संलग्न कर्मचारी कार्बाहीका लागि अदालत पु¥याएको घटनाक्रमले समेत संस्थाका आउने कर्मचारी सेवा प्रवाह भन्दा ठगि गिरोहमा लिप्त भएको देखिन्छ ।

ईन्फिनिटी लघुवित्तको एक परिवार शिकार बनेको छ । दोधारा ६की फुलमाया पाण्डेले उक्त लघुवित्तबाट पटक पटक ऋण निकालेर तिरेपनि अहिलेपनि फुलमाया पाण्डेको नाममा ऋणै देखाएर फुलमाया मात्रै होईन सिङ्गो पाण्डेय परिवार डुवाएको हो ।

६ शान्ति टोलकी फुलमाया पाण्डेलाई ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जमिनदारबाट सुकुमबासी बनाईदिएको छ । ईन्फिनिटी लघुवित्त वित्तीय संस्थाबाट पटक पटक ऋण निकालेर तिरेपनि अहिलेपनि फुलमाया पाण्डेको नाममा ऋणै देखाएर फुलमाया मात्रै होईन सिङ्गो पाण्डेय परिवार डुवाएको हो ।

लघुवित्तको ऋण तिर्नकै लागि फुलमाया पाण्डेको नाममा रहेको ४ कट्टा १७ धुर, उनका श्रीमान तिलक बहादुर पाण्डेको नाममा रहेको ४ कट्टा ८ धुर र बुहारी निलम कुँवर(पाण्डे)को नाममा रहेको २ कट्टा जमिन बिक्रि गरेर तिर्दा समेत फेरी ऋण भएको देखाएर आफुमाथि झन अत्याचार गरेको दुखेसो पोखेकी छिन । संस्थाका कर्मचारीहरुले नीति विपरित ऋणी फुलमाया पाण्डेय सहितका घरका सदस्यकै नाममा भएको जमिन खरिद गरेका छन । आफै ऋण प्रवाह गर्ने अनि आफैले ऋणीको जमिन खरिद गर्ने कामकाज पनि संस्थाको नीति विपरित हुनजान्छ ।

व्यवसाय गर्नकै लागि गाँउकै १५जना दिदिबहिनीको नामबाट निकालेको २१ लाख ५० हजार रुपैया आफुले क्रमिक रुपमा चुक्ता गरेपनि संस्थाले चुक्ता नगरेको देखाएर पुन ऋण भएको पत्र सहित कर्मचारी अहिले घरमा आउन थालेपछि फुलमायाले उतिबेला केही उद्यम गर्छु भन्दै लघुवित्तबाट निकालेको ऋण तिर्नकै लागि भएको अचल जमिन सम्पत्ती बेचबिखन गर्नुपर्ने बाध्यता आएको र उतिबेला संस्थाका कर्मचारीहरुले सबैऋण चुक्ता भएको र उल्टै डेढ लाख रुपैैया तपाईको बचत रहेको भन्ने जवाफ दिएपछि आफुले जमिन गएपनि ऋण तिरेको ढुक्क भएको बताईन । पाण्डेले आफुले ऋण निकाल्दा तत्तकालिन कार्यालय प्रमुखद्वय निलकठ घिमिरे, भरत थापा, कर्मचारी अम्मर बहादुर चन्द, कृष्ण बहादुर जोशी, महेश ओझा, सागर चन्द सहितले आफ्नो र आफन्तीका नाममा जमिन नामसारी गरिदिएको बताईन ।

उनले तत्तकालिन कार्यालय प्रमुख भरत थापा, उनका आफन्तीको नाममा गरेर ६कट्टा, कर्मचारी अम्मर बहादुर चन्द सहितका उनका आफन्तको नाममा ४कट्टा र कृष्ण राज जोशीको १कट्टा ५ धुर जमिन नामसारी गरिदिएको बताईन ।उनका अनुसार ०७६ सालतिर तिल बहादुर पाण्डेको नाममा रहेको किता ८०३, ६२०, ८८९ अम्मर बहादुर चन्दको नाममा नामसारी, ८९०भरत थापाको नाममा नामसारी, बुहारी निलम पाण्डेयको नाममा रहेको १७०९, ६७७.२६ भरत थापाको नाममा नामसारी भएको छ ।

‘ममाथि लघुवित्तकै कर्मचारीहरुबाट ठुलो घात भयो, ‘मेरो भएको ऋण तिर्नका लागि उनीहरु र उनका आफन्तले जमिन किने, अनि ऋण पनि चुक्ता भयो भन्यो, ‘तर अहिले आएर तपाईको ऋण तिर्न बाँकी छ भन्दै दवाव दिन लागेका छन ।’

०७६देखि०७८सम्म भएको कोरोना महामारीका बेला तत्तकालिका कार्यालय प्रमुख महेश ओझाले नै ऋण तिर्न नसक्ने भन्दै आफ्नै कर्मचारीहरुलाई जमिन बेच्न दवावमा पारेको दुखेसो पोखिन् । उतिबेला कर्मचारी कृष्ण बहादुर जोशीले एकलाख ६० हजार रुपैया मलाई फिर्ता समेत दिएर सबै ऋण चुक्ता भईसकेको बताएको र अहिले आएर ४६ लाख रुपैया देखाएर मर्नु न बाँच्नु बनाएको दुखेसो पोखिन्. । फुलमाया पाण्डेले आफु सुकुमबासी भएर पनि लघुवित्तमा तिरेको ऋण पुन देखाएर अत्याचारमा पार्ने कर्मचारीमाथि माथि कानूनी कार्बाहीका लागि ८असोज ०८१सालमा ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा किटानी दिदा समेत दर्ता नभई न्याय नपाएको दुखेसो पोखिन् । फुलमाया न्यायका लागि दोधाराचाँदनी ५मा रहेको उक्त संस्था, ६नम्बर वडा कार्यालय र दोधाराचाँदनी नगरपालिकामा ज्ञापन पत्र बुझाएकी छिन । फुलमाया सहित मनिका श्रेष्ठ, मन कुमारी श्रेष्ठ, चुनी कुमारी श्रेष्ठ, संगिता चौधरी, किरण सुनार र अनिता कामीले ऋणीको रकम अपचलन गर्ने लघुवित्त र सलग्न कर्मचारीमाथि कार्बाही नभए आन्दोलनको चेतावनी दिएका छन ।

ईन्फिनिटी लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालयका कार्य विभाग प्रमुख कृष्ण खनालले संस्थाले ०७४देखि दोधाराचाँदनी सेवा विस्तार गरेको बताउँदै दोधाराचाँदनीका २२सेवाग्राहीहरुले कर्मचारीबाट रकम अपचलन भएको उजुरी(निवेदन) परेको तर, फुलमाया पाण्डेले निवेदन नदिएपछि उनका विषयमा छानबिन भएको बताए ।

संस्थाका प्रबन्धक प्रेम थापाको संयोजकत्वमा छानबिन भएको समितिले तत्तकालिन दोधाराचाँदनी शाखा प्रमुख निलकठ घिमिरे सहितका कर्मचारी द्रोण बहादुर चन्द, सागर जैरु बिरुद्धमा संस्थाले नै बैकिङ कसुर रकम अपचलन बिरुद्ध मुद्दा दायर गरेको बताए । ‘संस्थाको आन्तरिक छानबिनमा तीन कर्मचारी दोषि भेटिएपछि उनीहरुमाथि हामीले कार्बाहीका लागि उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासमा मुद्दा दायर गरेका थियौँ, ‘उनले भने, ‘अदालतले समेत तीनै कर्मचारीहरुलाई दोषि ठहर गरिदियो, त्यसरी नै हामीले फुलमाया अन्याय परेका हुन वा होईन भन्ने विषयमा निवेदन नदिएपछि उहाँको बारेमा उतिबेला छानबिन गरेनौँ, कुरा अहिले आएर संस्थाकै कर्मचारीहरुले जमिन खरिद बिक्रि गरेको विषय सुन्नमा आएको छ घटनाक्रमको वास्तविकता बुझिरहेका छौँ ।’ उतिबेला महेश ओझा, भरत थापा र अमर बहादुर चन्दका विषयमा कुनै उजुरी नआएपछि उनीहरुमाथि हामीले छानबिन नगरेको बताउँदै ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ऋणीको जमिन खरिद बिक्रि गर्ने संस्थाको नीति विपरित भएकाले फुलकुमारीको हकमा पनि कैफियत हुनसक्ने बताउँदै उनले सो विषयमा थप प्रमाण पेश गर्नका लागि आग्रह गरेका छन । ऋर्णी फुलकुमारीको जमिन बिक्रि वितरण गराएपनि संस्थामा फेरी ऋण देखाउने कार्यमाथि छानबिन हुने उनले बताए । दोधाराचाँदनी ६ का वडाध्यक्ष ओम बस्नेतले संस्थाकै गम्भिर लार्पबाही त्रृटि एव जानजान गाँउका सोझासाझा महिलामाथि अन्याय भएको भन्दै फुलकुमारीको पुरै जमिन सहित उनले न्याय पाउनुपर्ने बताए । ईलाका प्रहरी कार्यालय दोधराचाँदनीका प्रमुख कृष्ण सोनीले उक्त घटना बारे अध्ययन भईरहेको बताउँदै विगतमा प्रहरीले उजुरी लिए नदिएको विषयमा समेत अध्ययन भईरहेको बताए । दोधाराचाँदनीका मेयर किशोर कुमार लिम्बुले ऋण लिनेदिनेविचको यो वास्तविक घटना बुझेर पीडितलाई न्याय दिलाउने बताए ।

स्थानीय अगुवा गगन सिहले लघुवित्त तथा वित्तीय सहकारी संघ संस्थाहरुले महिलाका समुह बनाएर अनाधिकृत रुपमा ऋण प्रवाह गरेर भएको चलअचल सम्पत्ती बेचलगाउनेदेखिका सुकुमबासी बनाउन भूमिका निर्वाह गरेको भन्दै गलत गर्ने लघुवित्तमाथि कानुन कार्बाहीको विकल्प नभएको बताए । एक जिल्लामा संस्था दर्ता गरेर देशभर ग्रामिण भेगका संस्था ल्याएर महिलाजम्मा पारेर एकातिर रकम संकलन अर्कातिर ऋण प्रवाह गरेर नागरिकलाई उठिबासी गराउँदै नागरिक सडकमा उतार्ने प्रवृति स्वीकार्य नहुने भन्दै फुलमाया सहितका अन्य पीडितलाई न्याय दिलाउन आग्रह गरेका छन । दोधाराचाँदनी नगरका वडा सदस्य समेत रहेका सिहले जनता ठग्ने संस्थालाई सरक्षण गर्न नहुने सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुस