
दिनेश चौधरी
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नसर्ने रोगका बिरामीको संख्या बढिरहेको छ । विगतका बर्षहरुमा बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको संख्या न्यून भएपनि पछिल्ला दिनहरुमा बढिरहेको हो ।
बेलौरी नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार नसर्ने रोगहरु मध्ये उच्च रक्तचाप, मोटापन, मधुमेह, मृगौला सहितका रोगहरुका बिरामीको संख्या बृद्धि भएको जनाएको छ ।
स्वास्थ्य शाखाले नगरका १० वटै वडाहरुमा गरेको नसर्ने रोग(एनसिडी) स्केनिङशिबिर संचालन गरेर स्वास्थ्य परीक्षण गरेको थियो । तीन भागको संख्यामा परीक्षण गर्दा एक भागमा नसर्ने रोग देखा परेको छ । स्वास्थ्य शाखाले कुल तीन हजार तीनसय १६ मानिसको स्वास्थ्य परीक्षण गरेको थियो । जसमध्ये एक हजार १२ जनामा नसर्ने रोगहरु देखा परेका थिए । कुल परीक्षण गरिएका मानिस मध्ये ३१.५१प्रतिशत मानिसमा नसर्ने रोग पत्ता लागेको थियो ।
उक्त रतmचाप तीनसय ६८, मोटापना चारसय ११, मधुमेह एकसय ५२ र ८१ जनामा मृगौला रोग पत्ता लागेको थियो. । तथ्याङ्क अनुसार बेलौरी १ मा कुल परीक्षण दुईसय २१ मध्ये क्रमस उच्च रक्तचाप २७, मधुमेध १२, मोटोपना २४, २मा चासय २६मध्ये ६२उच्च रक्तचाप, २७ममुमेह १ मृगौला, २८मोटोपना, ३मा दुईसय ३६ मध्ये २उच्च रक्तचाप, ४मधुमेह, २०मोटापना, ४मा दुईसय ७७मध्ये ४८उच्च रक्तचाप, १९मधुमेह, १३मृगौला, एकसय ५०मोटापना, ५मा दुईसय ११ मध्ये, ४९उच्च रक्तचाप, ३३मधुमेह, २५मृगौला, ५मोटापना, ६मा चारसय ५९मध्ये ३०उच्च रक्तचाप, १६मधुमेह, ८ मृगौला, १२मोटोपना, ७मा एकसय ७९मध्ये २१उच्च रक्तचाप, ७मधुमेह, १३मृगौला, ६१मोटोपना, ८मा तीनसय ४१मध्ये ४५ उच्चरक्तचाप, १३मधुमेह, १५मृगौला, ८५मोटोपना, ९म चारसय ३०मध्ये ५४ उच्च रक्तचाप, १२ मधुमेह, ३ मृगौला, १२ मोटोपाना र १० मा चासय ३६ मध्ये ३० उच्च रक्तचाप, ८मधुमेह, ४ मृगौला र १४ मोटोपनाका बिरामी फेला परेका छन । बेलौरी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मान बहादुर चन्दले नगरका सबै वडागाउँबस्तीमै पुगेर बिरामीको चेकजाँच गर्दै नसर्ने रोग पहिचान गरिएको बताए । ‘हामीले नसर्ने रोग स्केनिङ्ग मार्फत पहिचान भएका बिरामीलाई परामर्स,उनीहरुलाई स्वास्थ्य सेवादेखिका उपचार गरेका छौँ, ‘उनले भने, ‘यो स्केनिङ्ग क्याम्प मार्फत पहिचानमा आएका बिरामीलाई समयमै उपचार गरे रोग निको हुने भएकाले सहजता भएको छ ।’ बेलौरी नगरका मेयर पोतिलाल चौधरीले नगरमा बाह्यी रुपमा देखा नपर्ने नसर्ने रोगको पहिचान भएकाले सोही अनुरुप नागरिकको स्वास्थ्यका लागि योजना ल्याएर नसर्ने रोगमुक्त बेलौरी बनाउने बताए । मेयर चौधरीले स्वास्थ्यको तथ्याङ्क अनुरुप पालिकाले नागरिकको स्वास्थ्य सुधारका लागि योजना ल्याएर अघि बढ्ने बताउँदै यसका नागरिकदेखि सबै सरोकारवाला निकाय सचेत हुनुपर्ने बताए ।

