
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम(विद्यार्थी संख्या कोटा) थप दिने निर्णय बिरुद्धमा विद्यार्थी आन्दोलित भएका छन । आगिक क्याम्पस बनाउने निर्णय लत्याउँदै निजी सम्बन्धन प्राप्त कलेजलाई नयाँ कार्यक्रमदेखि विद्यार्थी कोटा निर्धारण गर्ने निर्णय बिरुद्ध विद्यार्थी आन्दोलित भएका हुन ।
केन्द्रीय क्याम्पसदेखिका आगिक र अन्य आँगिक निर्णय गरेका क्याम्पसहरुमा लथालिङ भएको अवस्थामा विश्वविद्यालय पदाधिकारीले निजी क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम एव विद्यार्थी कोटा दिएर सरकारी क्याम्पस धरासायी बनाउने खेलमा जुटेको भन्दै भन्दै आन्दोलन गरेका छन ।
सिएसआईटी संकाय धरासायी बनाउने काम भएको भन्दै विद्यार्थीले बुधबार विज्ञान तथा प्रविधी संकायका डीन प्राडा भवानी चन्दको कार्यकक्षमा तालाबन्दी गरेका हुन । डीन कार्यालयले केन्द्रीय क्याम्पसमा रहेको सिएसआईटी संकाय सुधारको साटो निजी विद्यालय पोस्ने काम भएको भन्दै अनिश्चितकालनका लागि तालाबनदी गरेका छन ।
सिएसआईटीका विद्यार्थी यज्ञराज कलौनीले विश्वविद्यालयले सिएसआईटी संकाय धरासायी बनाउने गरेर निजी विद्यालय पोस्ने उदेश्यले गरिएकाले आन्दोलन स्वरुप तालाबन्दी गरिएको बताए । २६ जेठ ०८३ मा सुदूरपश्चिम विश्वविद्यालयले यस अघि सम्बन्धन प्राप्त कलेजलाई चालु शैक्षिक सत्रमा बिएस्सी, सिएसआईटी र बिबिए शैक्षिक कार्यक्रम अर्थात थप विद्यार्थी संख्या अनुमती दिने विषयको निर्णय गरेको थियो । विश्वविद्यानयले यस अघि कञ्चनपुरकै पनि भानु, महाकाली, बैजनाथ क्याम्पस आगिक बनाउने निर्णयलाई वेवास्ता गर्दै निजीतर्फ बढि प्राथमिकता दिएको भन्दै विश्वविद्यालय पनि निजी कलेज मोटाउन तर्फ केन्द्रीत भएको टिकाटिप्पणी भईरहेको छ ।
विश्वविद्यालयले अहिले निजी विद्यालयमा थप विद्यार्थी संख्या कोटा निर्धारणका लागि भौतिक बस्तुस्थिति अध्ययनका लागि विज्ञान तथा प्रविधी संकायका डीन प्राडा भवानी चन्द (ठकुरी) र व्यवस्थापन संकायका डीन केशवराज भट्टको टोली खटाएको छ । अध्ययन विज्ञ टोली सम्बन्धन प्राप्त थप कार्यक्तम दिएका क्याम्पसमा खटिएकै बेला यता विश्वविद्यालयमा भने विवाद चुलिएको छ ।
विज्ञान तथा प्रविधी संकाय(सिएसआईटी) प्रमुख कर्णदेव भट्टले कार्यबिधी विपरित निजी कलेजलाई पोस्ने गरेर कोटा थपदेखिका कार्यक्तम दिएको आर्थिक चलखेल नै भएको सार्वजनिक रुपमा समाजिक सञ्जाल मार्फत अभिव्यक्त गरिरहेका छन । विज्ञान तथा प्रविधी संकायका डीन प्र्राडा भवानी चन्द(ठकुरी)ले विश्वविद्यालयले आफुलाई दिएको जिम्मेबारी अनुरुप आफु फिल्डमा खटिएको बताए ।
उनका अनुसार आफ्नै विभागका कार्यरत साथीहरुसंग ५० पटकसम्म पनि फिल्ड भिजिटका लागि अनुरोध गरेपनि नआएपछि त्रिबीबाट विज्ञ लिएर फिल्डमा खटिएको बताए । ‘मलाई उपकुलपति ज्यूले आफु अनुकुल टोली बनाएर फिल्डमा खटिन निर्देशन दिनुभएको थियो, त्यही अनुरुप मैले शुरुमा मेरा साथीहरुसंग भने, कसैले आउन मानेनन, ‘उनले भने, ‘मलाई दिएको जिम्मेबारी कर्तव्य सम्झिएर काममा खटिएको छु, यसमा मेरो केही स्वार्थ छैन, पोखरा, तुलसीपुर, नेपालगन्जका १÷१कलेज, चितवन ४, काठमाण्डौँ ६कलेजको स्थलगत अध्ययन, अवलोकन गरेर जे फिल्डमा देखिन्छ, त्यही प्रतिवेदन विश्वविद्यालयलाई बुझाउन्छु ।’
निजी विद्यालयमा विद्यार्थी कोटा निर्धारणमा आफु बिरुद्धमा लगाएको आरोप, अशंकामा कुनै सत्यता नभएको उनको दावि छ । व्यवस्थापन संकायका डीन केशवराज भट्ट नेतृत्वमा विज्ञ तर्फ हरिशंकर पन्त, बिरेन्द्र प्रशाद भट्ट रहेका छन । व्यवस्थापन संकायका डीन केशवराज भट्टले व्यवस्थापन संकाय तर्फ २कलेजको मात्रै भौतिक अवस्था बुझेर प्रतिवेदन बुझाउने बताए ।
‘मलाई भिसी सरबाट एक कलेजको बिबिए र अर्को कलेजको संख्या थपिएको अध्ययनका लागि पठाएको छ, ‘उनले भने, ‘मलाई कुनै विश्वविद्यालयका पदाधिकारीको शेयर र उनीहरुका सन्तान भएको कलेजलाई कार्यक्रम र विद्यार्थी संख्या थप्नुपर्छ भन्ने दवाव दिएको छैन, जस्तो फिल्डमा देखिन्छ, त्यस्तै रिर्पोट विश्वविद्यालयलाई दिन्छु, कार्यक्रम स्वीकृत गर्ने नगर्ने विषयमा विश्वविद्यालयको हुनजान्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठकले विश्वविद्यालयकै हित तथा आन्तरिक स्रोत बृद्धिका लागि निजी सम्बन्धन प्राप्त कलेजको माग अनुरुप थप कोटा निर्धारण गर्नका लागि निर्णय गरेको बताए ।
‘कुनैपनि निजी वा सामुदायिक कलेजलाई नयाँ कार्यक्रम दिएका छैनौँ, ‘उनले भने, ‘हामीले यस अघिदेखि संचालन हुँदै आएका कलेजको आग्रह अनुरुप विद्यार्थी कोटा थप मात्रै दिन्छौँ, त्यो पनि फिल्डमा गएको विज्ञ टोलीको प्रतिवेदनका आधारमा मात्रै दिन्छौँ ।’ उनले आफ्ना र केही डिन सरहरुका बिरुद्ध बजारमा निजी कलेजमा शेयर भएको, अनि छोराछोरी पनि उतै जागिर दिलाएको जस्ता अनेकन होहल्ला भएको र विश्वविद्यालयलाई आन्तरिक आम्दानी हुने भएकाले यस्तो निर्णय गरेको उनको दावि छ । कतिपयले काउचलाउ कार्यकारीले यस्ता नीतिगत निर्णले विश्वविद्यालयमा कतै दीर्घकालिन असर त पुग्ने होईन भन्दै चिन्ता व्यक्त गरिरहेका छन ।
