
पहिलाद राना
कञ्चनपुर । कञ्चनपुरको बैलौरी नगरपालिका(स्थानीय सरकार)ले नसर्ने रोग नियन्त्रणको अभियान संचालन गरेको छ । बेलौरी नगरपालिकाले नसर्ने रोग मुक्त पालिका बनाउने उदेश्यका साथ अभियान संचालन गरेको हो ।
‘म स्वस्थ्य मेरो समुदाय स्वस्थ स्वास्थ्य बेलौरी सक्षम बेलौरी’ मुल नारा अघि सारेर नसर्ने रोग पूर्ण निदानका लागि अभियान संचालन गरिएको जनाएको छ ।
बेलौरी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक मान बहादुर चन्दले नसर्ने रोग निदानका लागि पालिकाले सबै वडाहरुमा अभियान संचालन गरेको बताए । जनस्वास्थ्य निरीक्षक चन्दले नगरका १०वटै वडाहरुमा स्केनिङ्ग अभियान संचालनदेखि समुदायमा सचेतनाका कार्यक्रम संचालन गरिएको बताए । आगामीदिनमा पनि निरन्तर गरिने बताउँदै आम नगरबासीदेखि नागरिकको भूमिका अहम हुने बताए ।
नगरका सरोकारवालाहरुले नसर्ने रोगमुक्त बेलौरीका लागि सात बुँदे घोषणा पत्र समेत जारी गरेका छन ।
जनस्वास्थ्य निरीक्षक चन्दका अनुसार सुर्तीजन्य र मदिराजन्य पदार्थको बहिष्कृतः नसर्ने रोग (क्यान्सर, मुटु र कलेजोको रोग) को मुख्य कारण सुर्ती, चुरोट, गुट्खा र मदिरा भएकाले हामी आजबाट यस्ता पदार्थको सेवन गर्ने छैनौँ र आफ्नो परिवार, समाज तथा बजार क्षेत्रलाई समेत यसको लतबाट मुक्त गराउन दृढ संकल्प, स्वच्छ र सुधारिएको भान्साः रोगको मुख्य जड भान्सा भएकाले खानामा नुन, चिनी र तेलको प्रयोग न्यून गर्ने, एक पटक प्रयोग भएको तेल दोहो¥याएर प्रयोग नगर्ने र पत्रु खाना (व्गलप ँययम) लाई पूर्ण रूपमा निरुत्साहित गर्ने, शारीरिक सक्रियता र योगः आफैँबाट सुरुवात गर्दै आफ्नो परिवार र समुदायलाई नियमित व्यायाम, खेलकुद, योग र ध्यानमा लाग्न तथा वर्षमा कम्तीमा एक पटक नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य र सकारात्मकताः मानसिक र शारीरिक स्वास्थ्य एकअर्काका परिपूरक भएकाले समाजमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना जगाउँदै, मानसिक समस्या भएका व्यक्तिहरू प्रति हुने सामाजिक लाञ्छना र विभेदको अन्त्य गर्ने,सन्तुलित मोबाइल प्रयोग ः शारीरिक निष्क्रियता र अनिद्रा जस्ता समस्या कम गर्न बालबालिका तथा युवाहरूमा मोबाइल र स्क्रिनको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै ’प्रविधि उपवास’ (डिजिटल विश्राम) लाई बढावा दिने,स्वस्थ र मर्यादित बजार ः बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुहरूको बिक्री रोक्न नियमित अनुगमन गर्नेछौँ र १८ वर्ष मुनिका बालबालिकालाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री नगर्ने नियम कडाइका साथ पालना गराउने र सडक सुरक्षा र कानुन कार्यान्वयन ः दुर्घटना र नसर्ने रोग दुवैको साझा दुश्मन मदिरा र लागुपदार्थ भएकाले, प्रहरीको सक्रियतामा ’मापसे’ र ’लापसे’ चेकिङलाई कडा बनाउँदै ट्राफिक नियमको पूर्ण पालना मार्फत सडक सुरक्षा कायम गर्ने घोषणा गरिएको छ ।
आईतबार बेलौरी नगरपालिकाले आफ्नै हलमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभिायन पालिका स्तरिय अभिमुखिकरण कार्यक्रममा सरोकारवालाहरुले समेत नगरपालिकालाई नसर्ने रोग मुक्त गर्ने घोषणाका लागि आ–आफ्नो ठाँउबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कृषक समुहका अगुवा सुुरेन्द्र भट्ट, महिला अगुवा विष्णूमाया पार्की, भलमन्सा रत्ना चौधरी, युवा अगुवा विष्णू अवस्थी, महिला स्वास्थ्य स्वयसेविका देवकी पाण्डेय, व्यवसायी गोबिन्द प्रशाद सापकोटा, शिक्षक, हरि प्रशाद ओझा, बरिष्ठ प्रहरी निरीक्षक बीरसिह धामी, पत्रकार मोहन विष्ट सहितले नसर्ने रोग मुक्त गर्ने घोषणाका लागि आ–आफ्नो ठाँउबाट पहल गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ कार्यालय कञ्चनपुरका मलरिया ईन्सपेक्टर सिद्धराज भट्टले नसर्ने रोग भित्रभित्रै थाहै नहुने भएकाले मानिसले शुरुवाती चरणदेखि स्वस्थ्य हुनुपर्नेमा जोडदिएका छन । उनका अनुसार हरेक सय जनामध्ये करिब ३० जनाको मृत्यु मुटु तथा रक्तनलीसम्बन्धी नसर्ने रोगका कारण हुने गरेको छ। उनले अस्वस्थ खानपान, धूमपान, मद्यपान, शारीरिक निष्क्रियता लगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरेका छन । भट्टले सरुवा रोगबाट हुने मृत्युको दर पनि अझै चुनौतीपूर्ण रहेको बताउँदै दुवै प्रकारका रोगबाट बच्न समयमै स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ बानीको विकास आवश्यक रहेको बताए। बेलौरीका नगरका उपमेयर जोगराज चौधरीले सबै पक्षको सहयोग, सदभाव आवश्यक रहेको औल्याए । उनले पालिकाबाट सक्दो पहल भईरहेको बताउँदै थप पहलका लागि सरोकारवाला समेत एकजुट हुनुपर्नेबताए । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बेलौरीमा सबै नागरिकलाई नसर्ने वा सर्ने रोकबाट मुक्त गराउन पालिकाले आ–आफ्नो ठाँउबाट भरपूर प्रयास कायर्यक्रम संचालन गरिरहेको बताउदै त्यसका लागि सरोकारवालाबाट साथ सर्मथन आवश्यक रहेको औल्याए । कार्यक्रममा सहभागि जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाले आफ्नो–आफ्नो क्षेत्रबाट नसर्ने रोग नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतना फैलाउने र अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

