कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले चिसो बढिरहेका बेला सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ९वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका महाशाखा प्रमुख हेमराज विष्टले २४ पुषमा प्रदेशका ९वटै डिभिजन वन कार्यालयमा पत्राचार गर्दै जाडो याममा सम्भावित हिमपात, तथा तराईमा शितलहरले नागरिकको जनजिवन प्रभावित हुने भएकाले सार्वजनिक स्थलमा आगो बालेर ताप्नका लागि नियमानुसार दाउरा वितरण गर्न निर्देशन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुस