कञ्चनपुर। कुमारी बैंक लिमिटेड झलारी शाखाले शुक्लाफाँटा नगरपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कसरौललाई आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

शुक्रबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेको हो। ९६ हजार ३ सय ४६ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरिएको बैंकका शाखा प्रमुख सुशिल साउँदले बताए।

उनका अनुसार स्वास्थ्य केन्द्रलाई उपकरण राख्ने ट्रली २ थान, डिजिटल रक्तचाप (बीपी) मापन यन्त्र ३ थान, बालबालिकाको तौल मापन यन्त्र १ थान, थर्मोमिटर ५ थान, शल्यक्रिया सामग्री राख्ने ड्रम २ थान, कर्कोडायल फोर्सेप १ थान रहेको छ।

यस्तै, बिरामी बस्ने कुर्ची ३ थान, बेडसाइड पर्दा १ थान, पल्स अक्सिमिटर २ थान, टाँका लगाउने शल्यक्रिया उपकरण सेट १ थान, कान परीक्षण गर्ने ओटोस्कोप १ सेट, सुई काट्ने उपकरण १ सेट र इम्प्लान्ट निकाल्ने उपकरण सेट १ थान प्रदान गरिएको छ।

बैंकबाट प्राप्त स्वास्थ्य सामग्रीले सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्य केन्द्रका प्रमुख मदन साउँदले बताए।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कुमारी बैंक झलारी शाखाका प्रमुख सुशिल साउँद, बैंकका प्रतिनिधि दिनेशबहादुर ऐर र टिकासिंह धामी, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महरा, वडा नं. ६ का अध्यक्ष दानबहादुर ऐर, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुस