केशव थापा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य तर्फका कर्मचारी भर्ना प्रकृयामा कुनै चलखेल नभएको जनाएको छ ।

शुक्रबार नगरपालिकाले आफ्नै सभा हलमा पत्रकार सम्मेलन गर्दै हेल्थ असिस्टेन्ट पदका लागि खोलिएको विज्ञापनमा कुनै पनि चलखेल नभएको जनाएको हो ।

हेल्थ असिस्टेन्ट र अहेब पदका लागि १८ मंसिर ०८०मा खोलिएको विज्ञापन अनुरुप पहिलो चरणमा हेल्थ असिस्टेन्टको सुचि तयार गरिएको जनाएको छ ।

स्वास्थ्य तर्फका कर्मचारी भर्नाको विषयमा कृष्णपुरका नगरपालिका २का वडाध्यक्ष एव कार्यपालिका सदस्य अर्जुन सिह साउदले कर्मचारी भर्नामा मेयर हेमराज ओझाले चलखेल गरिरहेको समाजिक सञ्जाल मार्फत स्टाटस लेखेपछि नगरपालिकाले उक्त विषय सहित प्राविधि कर्मचारी र गडबिजला पार्कको विषयमा आफ्ना विषयबस्तु बारे पत्रकार सम्मेलन गरेको थियो ।

कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिह विष्टले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा संचालन कार्यविधी ०७५ अनुरुप संक्षिप्त सुचि तयार गरिएको बताए । उनका अनुसार कार्यपालिका बैठकबाट कर्मचारी भर्ना गर्न लागिएको बताए । आर्थिक बर्ष ०७६÷०७७मा स्वास्थ्य कर्मचारी सेवा करारमा लिने विज्ञापन भए पनि विवित कारणले भर्ना रद्द भएको र चालु बर्षमा भर्ना प्रकृया श्ुरु गरिएको बताए ।

नगरका ९वटै वठामा स्वास्थ्यका कर्मचारी अभाव भएकाले गुणस्तरिय स्वास्थ्य सेवा दिन नसकेको अवस्थामा भर्ना खोलिएको बताए ।

दरबन्दीमा अन्यन्त्रबाट आएका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको काज फिर्ता गर्ने निर्णय अनुरुप नगरपालिबाट फिर्ता गराएको र रिक्त रहेका पदमा कर्मचारी भर्ना गर्न लागिएको बताए ।

।आवेदकहरुको सक्षिप्त सुचि तयार गर्दा स्थानीय, शैक्षिक योग्यता, कार्य अनुभवका आधारमा मापदण्ड तयार गरिएको बताए । सोही आधारमा सक्षिप्त सुची तयार गर्दा ३२जना छनौट भएको बताए । ८ जना पदपूर्तिका लागि छनौट भएका सबैको आवश्यक कागजपत्र हेरेर गरिएको बताउँदै उनले यदी कसैले अनुभव फर्जी पेश गरेको भए स्वयम जिम्मेबार हुने बताए । अहेब तर्फ १सय ४ जनाको दरखास्त परेको बताउँदै उनले अहेबको समेत छनौट प्रकृया बाँकी रहेको बताए । ‘अझै परीक्षाका चरण थुप्रै छन, यो त सर्टलिष्ट मात्रै तयार गरिएको हो, ‘उनले भने, ‘कर्मचारी भर्नामा अनियमिता एव चलखेल भएको छैन ।’

कृष्णपुर नगरपालिका प्रवक्ता मोहन बस्नेतले आवश्यकता भएकै कारण कर्मचारी भर्ना गर्न खोजिएको बताए । उनले सर्टलिष्टमा परेका सबै कर्मचारी नगर प्रमुखको कुनै हस्तक्षेप आफन्त नभएको बताए । कार्यपालिका बैठकबाट कर्मचारी भर्नाका लागि निर्णय अनुरुप कामकाज अघि बढीरहेको उनले बताए । मन्त्रालयकै स्वीकृत अनुरुप पशु स्वास्थ्य शाखा प्रमुख मान ब. केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको बताए ।

‘चालु बर्षदेखि गत विगतका वडा सहितका कामकाज गरेका भुक्तानी हुन बाँकी रहेका थिए, ‘प्रवक्ता बस्नेतले भने, ‘सम्पन्न गरेको भुक्तानी, कर्मचारीको तलब खुलाउन निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिईएको हो ।’ प्रवक्ता बस्नेतले गडबिजला ईकोपार्क विस्तारमा वनले काम रोकेको बताउँदै त्यसमा आईई प्रतिवेदन पुर्नविचार भईरहेको बताए । प्रवक्ता बस्नेतले कार्यालयमा आवश्यकता भन्दा बढि भएका प्राविधिक कर्मचारीलाई फिर्ता पठाउन लागेको बताए । ‘अन्यन्त्रबाट काज सरुवा आएका केही प्राविधिक कर्मचारीलाई हामीले सम्बन्धीत ठाँउकै फिर्ता पठाउन उनीहरुलाई निवेदन दिन आब्हान गरेका हौँ, ‘उनले भने, ‘कसैको जागिर खोस्नेदेखि दुख दिने नभई पालिकाको आन्तरिक स्रोतले नभ्याउने भएकाले हो ।’

कृष्णपुर नगरपालिका ५का वडाध्यक्ष टेक पाण्डेयले नगरपालिकामा भईरहेका कर्मचारी भर्ना, सरुवा, काज फिर्ता जिम्मेबारीमा कुनै पनि हस्तक्षेप दवाव नभएको बताए ।

प्रतिक्रिया दिनुस