बेलडाँडी । “हाम्रो बेलडाँडी हामी बनाउँछौ“ भन्ने नारालाई आफ्नो सचिवालयको फेसबुक मार्फत बुलन्द गर्न चाहने बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ती नाथले भ्रमण खर्च बाफत चालु आर्थिक बर्षको ५ महिना नवित्दै झण्डै आधा लाख भन्दा बढी खर्च गरेकी छिन् ।

 

 

पालिका अध्यक्ष हरिशचन्द्र रानाले यस आर्थिक बर्षमा भ्रमण वाफत एकरुपैयाँ समेत खर्च नर्गदा पालिका उपाध्यक्ष नाथले भ्रमण वाफत ५ महिना भित्रै ५४ हजार नगद बेलडाँडी गाउँपालिका बाट बुझिलिएकी छिन् । गत आर्थिक बर्ष २०७९/८० मा पालिकाका अध्यक्ष रानाले भ्रमण खर्च वाफत रु. ८१ हजार ५ सय बुझेका थिए भने “हाम्रो बेलडाँडी हामी बनाउँछौ“ भन्ने पालिका उपाध्यक्ष नाथले १ लाख २२ हजार ४ सय ५० रुपैँया बुझेका छन् । अध्यक्ष भन्दा उपाध्यक्षले गत बर्ष समेत भ्रमण भत्ता मात्र ४० हजार ९ सय ५० रुपैँया बढी आर्थिक सुविधा लिदा समेत उनले लाज नमानि भन्दै आएका छन् “हाम्रो बेलडाँडी हामी बनाउँछौ“ ।

 

 

 

 

हो “हाम्रो बेलडाँडी हामी बनाउँछौ“ भन्ने नाराको आधारमा हाम्रो टिमले अध्यक्ष र उपाध्यक्षले गत बर्ष र यस बर्षको मंसिर मसान्त सम्मको भ्रमण खर्च शिर्षकको मात्र डाटा हेर्दा यत्रो सुविधा लिएको पालिकाको तथ्याङ्कले देखाएको छ । श्रोतका अनुसार यस्तै अन्य शिर्षकमा समेत पालिका उपाध्यक्षले आर्थिक भौतिक सेवा सुविधा अन्धाधुन लिएको बताए । नाम नखुल्ने सर्तमा एक कर्मचारीले भने हामी कर्मचारीलाई आर्थिक रुपमा कन्ट्रोल गर्नुको साटो उपाध्यक्ष नाथले पालिकलाई कलगेट निचोरे जस्तै निचोरी राख्दा समेत आफुहरुलाई लाज लागि सकेको बताए । उपाध्यक्ष नाथले अपुरा प्रकृया नपुगेका फाइल लेखा शाखामा भुक्तानीका लागि पुग्दा लेखा शाखाले कयौं पटक फिर्ता पठाई सेकेको श्रोतले बताएको छ ।

 

 

पालिकाहरुमा आन्तिक जिम्मेवारी पालिका अध्यक्ष बराबर लगभग उपाध्यक्षको भएपनि बाह्य जिम्मेवारी अध्यक्षकै बढि हुने गरेको छ । तर पनि भ्रमण खर्चको कुरा गर्ने हो भने अध्यक्षको जिम्मेवारी अनुसार अध्यक्षको बढी हुनुपर्ने हो । पालिका अध्यक्ष हरिशचन्द्र रानालाई पालिका बनाउने चिन्ता भएका कारण समेत उनले अधिकांस पाएको सुविधा समेत उनले नलिने गरेको अध्यक्ष निकट श्रोतले बताएको छ । तर यता उपाध्यक्ष नाथले लिनुपर्ने सुविधा भन्दा पनि बढी सुविधा लिएको तथ्याङ्कले देखाएको छ ।

 

 

 

 

हुन त यो भ्रमण भन्ने शिर्षक राज्यले दिएको थप सुविधा हो, यो सुविधा नलिएर पछि जनताको कम गर्न सकिन्छ । यो सुविधा नलिएर पनि जनताको काम गर्न चाहनेहरु बेलडाँडीमा समेत छन् । बेलडाँडी १ का अध्यक्ष तथा पालिका प्रवक्ता गज बहादुर बिष्टले अहिले सम्म पालिकाबाट कुनै सेवा सुविधान लिएका छैनन् । उनले चुनावका बेला जनतामाझ आफुलाई अध्यक्षमा विजयी गराए अध्यक्षले पाउने कुनै सेवा सुविधान लिने छैन भन्ने घोषण गरेका थिए । सोही अनुरुप उनले अहिले सम्म नत यातायातको सुविधा लिएका छन् न त कुनै तलब भत्ता लिएका छन् । विना सेवा सविधा पनि जनताको काम गर्न सकिन्छ भन्ने उनी एक उदाहरण समेत हुन् ।

 

“हाम्रो बेलडाँडी हामी बनाउँछौ“ भन्ने नारा छान्न जान्ने पालिका उपाध्यक्षले कलगेट निचोरे जस्तै पालिकालाई निचोरी राख्दा समेत यहाँका बुद्धिजीवि, समाजसेवी, राजनितिक दल, युवा लगायत यहाँका स्थानीय वासिन्दा टुलुटुलु हेरिरहेका छन् ।

 

भ्रमण भत्ता सम्बन्धी व्यवस्था

 

भ्रमण भनेको कुनै एक स्थानबाट अर्को स्थानमा जानु, घुमफिर गर्नु, अहिलेको स्थानबाट अर्को स्थानमा छोटो समयलाई जानुलाई बुझिन्छ । भ्रमण अन्तरदेशीय र अन्तराष्ट्रिय रूपमा हुने गर्दछ । शैक्षिक भ्रमण, अध्ययन भ्रमण, पारिवारिक भ्रमण, सरूवा वा बढुवा जस्ता विभिन्न प्रकारले बुझ्न सकिन्छ । कर्मचारी वा पदाधिकारी एक स्थानबाट अर्को स्थानमा सरकारी काममा जादा कानुनी रूपमा भ्रमण आदेश लिएर जानु पर्ने ब्यवस्था छ । सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी वा कर्मचारीले संभव भएसम्म किफायती र कम खर्चिलोबाटो वा सवारी साधन प्रयोग गरी गर्नु पर्ने भनिएको छ ।

 

कर्मचारी वा पदाधिकारीहरू सरकारी कामको सिलसिलामा भ्रमण गर्दा वा सरूवा बढुवा भै अन्यत्र एक्लै वा परिवारसँगै लिएर जानुपर्दा भ्रमण खर्च नियमावली, २०६४ अनुसार जानुपर्ने व्यवस्था रहेको छ । आर्थिक कार्यविधि ऐन, २०५५ को दफा ३६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले भ्रमण खर्च नियम बनाएको छ । यो भ्रमण खर्च नियमावली, २०६४ लाई अहिले सम्म चारपटक संशोधन गरिसकेको छ ।

 

 

१. भ्रमण खर्च (पहिलो संशोधन) नियमावली, २०६४ २०६४/८/२०

२. भ्रमण खर्च (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४/९/२२

३. भ्रमण खर्च (तेस्रो संशोधन) नियमावली, २०६५ २०६५/५/१५

४. भ्रमण खर्च (चौथो संशोधन) नियमावली, २०७२ २०७२/५/२३

 

 

यसरी भ्रमण गर्ने पदाधिकारी वा कर्मचारी भ्रमण आदेश वा निर्णय बिना भ्रमण खर्च गर्ने गरी भ्रमण गर्न वा काजमा जानु हुदैन भनिएको छ । भ्रमण खर्च नियमावली तोकिएको अख्तियार प्राप्त अधिकारीले भ्रमण आदेश गर्दा पदाधिकारी वा कर्मचारीले भ्रमण आदेश दिँदा नियमावलीमा तोकिएको ढाँचामा दिनुपर्ने ब्यवस्था गरिएको पाइन्छ।

(भिडियो सहित)

प्रतिक्रिया दिनुस