कञ्चनपुर । सुदूरपश्चिम समाज दक्षिण कोरियाले विद्यान अधिवेशन गर्न लागेको छ ।

माघ अन्तिम साता सुदूरपश्चिम समाज दक्षिण कोरियाले विद्यान अधिवेशन गर्न लागेको हो ।

अध्ययन तथा रोजगारीका लागि दक्षिण कोरिया गएका सुदूरपश्चिम प्रदेश (नेपाल)का युवा विद्यार्थी सम्मिलित रहेको समाजले विद्यान अधिवेशन गर्न लागेको जनाएको छ । सुदूरपश्चिम समाज दक्षिणी कोरियाका युवा तथा विद्यार्थी संयोजक रविन नाथले विद्यान अधिवेशन गर्न लागेको बताए । उनका अनुसार ९ फेब्ररी ०२४ अर्थात २८ माघ ०८० शुक्रबारका दिन हुने छ । अधिवेशनको तयारी रहेको उनले बताए ।

विधान अधिवेशनमा देउडाखेल, साँस्कृतिक र साहित्यिक प्रस्तुत समेत हुनेछ ।

दिल बहादुर मडै अध्यक्ष रहेको सुदूरपश्चिम समाज दक्षिणी कोरियाको विधान अधिवेशनका लागि भोज चन्द(ठकुरी)लाई प्रचारप्रसारको जिम्मेबारी दिईएको छ । विवित विषय संशोधनका लागि अधिवेशन गर्न लागेको सुदूरपश्चिम समाज दक्षिणी कोरियाले जनाएकोछ ।

प्रतिक्रिया दिनुस