प्रकास भट्ट 

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश दार्चुलाको एक स्थानीय सरकार प्रमुखले भलिबलकी राष्ट्रिय खेलाडीलाई आर्थिक सहयोग गरेका छन । दार्चुलाको दुहुँ गाँउपालिका प्रमुख नरेन्द्र बहादुर सिह बडालले भलिबलकी राष्ट्रिय खेलाडी निरुता ठगुन्नालाई नगद आर्थिक सहयोग गरेका हुन ।

आईतबारदेखि कञ्चनपुर महेन्द्रनगरको खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागि भएर दुहुँ गाँउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद आर्थिक सहयोग गरेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपाल भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले मंगलबार प्रतियोगिताको अवलोकनका साथै दुहुँ गाँउपालिका प्रमुख बडालले भलिबलकी राष्ट्रिय खेलाडी ठगुन्नालाई नगद ५ हजार १० रुपैया आर्थिक सहयोग गरेको बताए । भलिबल संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष धामीले पल्लरपिपुल्स च्वाईस अवार्डमा छनौट भएकी सुदूरपश्चिम दार्चुलाकी चेली निरुतालाई जिताउनका लागि उक्त सहयोग गरेको बताए ।

मंगलबार दुहुँ गाँउपालिका प्रमुख बडालले उक्त रकम भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीलाई हस्तान्तरण गरेका छन । दार्चुलाका एमाले नेता समेत रहेका रहेका दुहुँ गाँउपालिका प्रमुख बडालले आफ्नै चेलीबेटीलाई अवार्ड जिताउनका लागि सानो सहयोग गरेको कताए । रकम ग्रहण गर्दै भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले गाँउप्रमुख बडालप्रति आभार प्रकट गरेका छन । सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय भलिबलकी खेलाडी निरुतालाई अवार्ड जिताउन एसएमएस गर्न सहयोग पु¥याउने उदेश्यले प्रतियोगितामा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भईरहेको छ ।

दुहुँ गाउँपालिका प्रमुख बडालले गण्डकी प्रदेश र सु प प्रदेश बिचको खेलका रेफीरी दौलत सिंह पुजारालाई खेलमा बिशिस्ट अतिथिको हैसियतले बल हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुस