सुवर्ण प्रशाद जोशी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको सामुदायिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरमा रहेको महेन्द्रनगर माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो ।

मंगलबार एक कार्यक्रमका विच महेन्द्रनगर माध्यामिक विद्यालयको ४६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै सरोकारवालाले अभिभावकसंग शैक्षिक गुणस्तर विद्यालयको बृद्धि विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले विद्यालयको नीतिगत बृद्धि विकासका लागि आफ्ना तर्फबाट पुर्ण पहल गर्ने र सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि पहल गर्ने बताए । अध्यक्ष बोक्सरले समिति, शिक्षक एव अभिभावको सहयोगले विद्यार्थी संख्या बृद्धि भईरहेको बताए । अध्यक्ष बोक्सरले भावि दिनमा कक्षा बृद्धि गर्ने योजना रहेको बताए ।

विद्यालयका प्रद्यानाध्यापक बिनोद सिहले बार्षिक प्रगति प्रतिवेदन पस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता जाहेर गरेका छन । प्रअ सिहले विगत भन्दा विद्यार्थी समेत बृद्धि भएर ४सय ५०अध्ययनरत रहेको बताए । प्रअ सिहले भावि दिनमा शैक्षिर्क क्षेत्रमा चुनौती चिर्दै अघि बढ्ने बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले विद्यालयको बृद्धि विकासका लागि आ–आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । प्रदेश संसद रानाले प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने बचन दिए । उत्कृष्ठ शिक्षिका गंगा कुमारी जोशीलाई प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्याका उत्कृष्ठ विद्यार्थी, शिक्षकलाई पुरस्कार एव सम्मान गरिएको छ । अभिभावकले समेत विगत भन्दा पछिल्ला बर्षहरुमा विद्यालयको शैक्षिक स्तर बृद्धि भईरहेको अनुभव पोखेका छन । शिक्षक नवराज जोशीले संचालन गरेको कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुस