ऐश्वर्य कुवँर

कञ्चनपुर । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अवलोकनका लागि जनताबाट पैशा अशुल्ने कार्य आर्थिक बेथिति भएको आरोप लगाएको छ । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी निकट (क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले राज्य अर्थात सरकारकै लगानीमा संचालित भईरहेको प्रतियोगिता अवलोकनका लागि शुल्क लिने कार्य आर्थिक बेथिति भएको आरोप लगाएको हो । क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश समितिले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारकै लगानीमा भएको प्रतियोगिता अवलोकनका लागि विद्यार्थीबाट २०, सर्वसाधारणबाट ५० र अन्यबाट सिजन टिकटेका नाममा ५ सयका दरमा रकम अशुल्ने कार्यको घोर भत्र्सना जाहेर गरेको छ । क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश समिति सुप प्रदेशका संयोजक दिपेन्द्र ऐरीले प्रतियोगिता र सबैटिमका खेलाडीप्रति संगठनको सद्भाव एव स्वागत रहेपनि आयोजकबाट पैशा अशुल्ने कार्य निन्दनिय रहेको बताए । ‘हामीले शुरुवाती चरणदेखि सरकारकै लगानीमा हुने प्रतियोगिता आम जनताले निशुल्क एव निर्वाध रुपमा अवलोकनका लागि आयोजकसंग माग गर्दै आएका थियौँ, ‘उनले भने, ‘हाम्रो मागप्रति जिल्ला र प्रदेश आयोजकले वेवास्ता गर्दै गयो, ८० लाखमा हुने प्रतियोगितामा फेरीपनि थुप्रै स्पोन्सर छन, तरपनि जनताबाट रकम अशुल्ने कार्य आर्थिक अपराध जस्तै हो ।’ खाने बाह्य क्षेत्रबाट ल्याएर कञ्चनपुरमा प्रतियोगिता देखाएर कमाउने धन्दा बनाएको उनको आरोप छ। युवा संगठन प्रदेश संयोजक ऐरीले सुप प्रदेश खेलकुद परिषद्ले जिल्ला भलिबल संघलाइर्) १८लाख, ६५ हजार मात्रै रकम लिएर बाँकी ६१लाख ३५ हजार खेलाडी व्यवस्थापनका नाममा कुल्याउन चाहेको गम्भिर आरोप छ ।

‘खेलकुद प्रतियोगिताका नाममा चौतर्फि क्षेत्रबाट लुट मच्चाएर फेरीपनि जनताबाट पैशा अशुल्ने कार्य एक प्रकारको ब्रम्हलुट जस्तै भएको छ, ‘उनले भने, ‘आयोजकले आफ्नै भित्रपनि गुमराहमा राखेर लुट मच्चाएको छ, यसरी आर्थिक अपराध गरेर प्रतियोगिता गर्नु भन्दा प्रतियोगिता गर्नु नै नहुने हो ।’ प्रतियोगिताको नाममा केही मान्छेहरुले कमाउधन्दादेखि लुट मच्चाउने काम गरेको उनले आरोप लगाउँदै लगाएको शुल्क फिर्ता लिनुपर्ने बताए । मञ्च व्यवस्थापनदेखिका सबै सहयोग सरकारी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट गराएको, मञ्चको प्याराफिटमा लेख्ने कार्यको समेत अलग अलग रकम अशुलेको उनको आरोप छ । खेल र खेलाडीलाई देखाएर कमाउधन्दा बनाउने कार्य बन्द गर्न समेत उनको आब्हान छ ।

मञ्चमा आउने स्थानीय खेलाडीदेखिका जिम्मेबार पक्षलाई अपहेलना गर्दैै आएको र आफन्तलाई मात्रै स्वागत गरेको उनको अर्को आरोपछ । संचारका नाममा लाखौँ खर्च देखाएर आफु निकट केहीलाई बाह्यबाट ल्याएर रकम त्यहाँपनि दुरुपयोग गर्न खोजेको बताए । ‘कञ्चनपुरका केही स्थानीय मिडिया रातदिन प्रतियोगिता सफल बनाउन खटिएका छन, तर उनीहरुलाई सुचना सन्देश केही दिएको छैन, अनि संचार खर्च लाखौँ देखाएर त्यहाँपनि ठगि गरेको छ ।’ प्रतियोगिता सफल बनाउन केही आयोजकका पदाधिकारीदेखि स्थानीय खेलाडी रातदिन निस्वार्थ खटिएपनि केही मान्छे कमाउधन्दादेखि राजनीतिक व्यक्तिगत चर्चाका लागि नाटक गरिरहेको बैद्य निकट युवा संयोजक ऐरीको टिप्पणी छ । यसरी बेथिति गर्दै गए अहिले युवा, विद्यार्थी संगठनले संघर्ष गरिरहेको भावि दिनमा पाटी नै संघर्षमा उत्रिन बाध्य हुने बताए ।

तर आयोजकले १३माघमा पत्रकार सम्मेलन गरेर ८० लाख बजेट अपुग हुने भएकाले शुल्क लगाउन बाध्य भएको र उक्त शुल्क बाफत संकलन भएको रकम यही क्षेत्रको बृद्धि विकासदेखि राष्ट्रिय भलिबलका खेलाडीद्वय निरुता ठगुन्ना, आयुष्मा पुन(मगर), एमबिबिएस अध्ययनका लागि संकटमा रहेका ललित सार्कीलाई सहयोग गर्ने बताए । आयोजकले कुनैपनि आर्थिक अनियमितता नहुने नभएको दावि गर्दै आएको छ।

प्रतिक्रिया दिनुस