कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कार्यालयमा रहेका निम्न स्तरका कर्मचारीहरुलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । जिसस प्रमुख बोहराले कार्यालयका निम्न स्तरका कर्मचारी (कार्यालय सहयोगी र चालक)हरुलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको कार्यालय टङगालमा उजुरी परेको हो । जिसस प्रमुख बोहराले आफ्नो निजी घरसायी काम र व्यवसायीक काममा दुरुपयोग गर्दै आएको उजुरी बाहिरिएको छ ।

जिसस प्रमुख बोहराले आफ्नो निजी घर र पसलमा काममा लगाउने गरेको आरोप रहेको छ । उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको, सरकारी सवारी साधनको नम्बर प्लेट समेत परिर्वतन गर्ने गरेको छ । चालक महतालाई जिसस प्रमुखको निजी व्यवसायसरकारी सेवाका कर्मचारीहरुलाई निजी व्यक्तिगत काममा लगाउने गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले ४ पुष ०८० मा प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कार्बाही गर्न निर्देशन दिएको छ ।

अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई प्रतिकृया पठाउन समेत निर्देशन दिएको छ । निम्नस्तरका कर्मचारीहरुलाई काममा लगाएको भन्दै कर्मचारी संघ संगठनहरुले समेत असन्तुष्टी जनाएका छन ।

यसरी कुनैपनि उच्च पदस्थदेखि जिम्मेबार व्यक्तिबाट निजी काममा लागि प्रयोग गर्न नहुने तर्क राखेका छन । नेपाल निजामती कर्मचारी संगठनको आधिकारित टे«ड यूनियनका अध्यक्ष खगेन्द्र पण्डितले सरकारी कर्मचारीलाई कुनैपनि निजी काममा प्रयोग गर्न नहुने बताए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफुले कुनैपनि निम्नस्तरका कर्मचारीहरुलाई निजी काममा नलगाएको स्पष्ट पारेका छन । जिसस प्रमुख बोहराले आफुले निजी कामका लागि घर र पसलमा कर्मचारी लगाउने अख्तियारमा झुटा आरोप सहित मुद्दा दायर गरेको बताए ।

‘मैले सरकारी कर्मचारीलाई निजी काममा लगाएको विषय पुरै झुटा हो, ‘उनले भने, ‘यसरी सरकारी कर्मचारी निजी काममा लगाएको आरोप सहित अख्तियारमा दायर गरेको मुद्दा हाँस्यास्पद भएको छ ।’ आफुहरुको व्यापार व्यवसायी बाजेकै पालादेखि भएकाले कसैलाई रिस रहेको उनको भनाई छ ।

आफ्ना बिरुद्धमा राजनीतिक पूर्वाग्रही राखेर आक्र्रोस पोखिएको बताए । जिसस प्रमुख बोहराले आफुले कर्मचारी निजी काममा लगाएको विषयमा सम्बन्धीत कर्मचारीलाई सोध्न समेत आग्रह गरेका छन । जिसस प्रमुख बोहराले अख्तियारबाट प्रशासनले सोधेको प्रतिकृया कार्यालयले दिईसकेको बताए ।

प्रतिक्रिया दिनुस