किशोर तामांग

नेकपा माओवादी केन्द्रकी नेत्रृ एव पुर्व खानेपानीमन्त्री बिना मगर आफ्नो निर्वाचन क्षेत्र १को विकासका लागि निरन्तर खटिएकी छिन । कञ्चनपुर निर्वाचन क्षेत्र १ को विकासका लागि पुर्वमन्त्री मगर यस अघि पनि संसद, मन्त्री नहुँदैपनि निरन्तर खटिएकी थिईन, यस पटक चुनाव हारेपनि उनी निर्वाचन क्षेत्रको विकासका लागि खटिएकी हुन । ०७९ सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा प्रतिनिधी सभा सदस्यमा पराजित भएकी बिनाले क्षेत्रको विकासमा निसन्तर खटिएकी छिन ।

बिना मगर उक्त निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य दिवान सिह विष्ट, सहितका पालिका प्रमुख जनप्रतिनिधीहरुलाई साथमै लिएर क्षेत्रको विकासका लागि सिधै प्रधानमन्त्री कार्यालयमा डेलिगेशन बुझाएकी छिन । दक्षिणी भेग स्थित निर्वाचन क्षेत्र नं १ का ४वटै पालिकाहरूले संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

दक्षिणी भेग स्थित निर्वाचन क्षेत्र नं १को समग्र विकासका निम्ति पुर्व खानेपानी मन्त्रीमगरको अगुवाइमा संविधान सभा सदस्य एवं सुदूर पश्चिम प्रदेश ससाद दिवान सिंह बिष्ट, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, पुनर्वास नगरपालिका वडा नं ९ का वडाध्यक्ष नर बहादुर बिक।,बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, बेलडाँडी गाउँ पालिका का अध्यक्ष हरिचन्द्र राना, बेलौरी नगरपालिका वडा नं ५ का अध्यक्ष लाल बहादुर चौधरी , नेकपा माओवादीका केन्द्रीय सदस्य दिपा चौधरी , नेपाली कांग्रेसका महासमिति सदस्य भरत बिष्ट , नेकपा माओवादीका सुप प्रदेशका सदस्य दिपक तिमिल्सेना , नेपाली कांग्रेसका सदस्य यज्ञ खड्का नेबिसंघ केन्द्रीय सदस्य दिनेश शर्मा लगायतको टोलीले स्थानीय समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका थिए ।

पुर्व खानेपानी मन्त्री मगरको नेतृत्वमा समग्र कञ्चनपुर निर्वाचन क्षेत्रको विकासमा बर्तमान अवस्थामा प्रबिधिक शिक्षाको अतिनै खाँचो रहेको औंल्याउँदै प्रविधिमा फड्को मार्न प्राविधिक शिक्षालयको आवश्यकता रहेको बताउँदै सम्माननीय प्रधानमान्त्री र माननीय परराष्ट्र मन्त्रीभारतको औपचारीक भ्रमणमा रहदा भारत सरकारले राष्ट्रिय प्राविधिक शिक्षालय नेशनल टेक्निकल ईन्सिच्युट स्थापनाका लागी सहयोग गर्ने सहमती गरेका बिषय बारे स्मरण गराएका थिए।

प्रधानमन्त्री प्रचण्डलाई डेलिगेसन मार्फत पुनर्वास नगरपालिका वडा नं। ३ स्थित ६५ विगाहमा सरकारको पुर्ण स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीको जमिनमा नेशनल टेक्निकल ईन्सिच्युट स्थापना र संचालन गर्न सम्माननीय प्रधानमन्त्री ज्यू समक्ष जोडदार माग राख्दै ज्ञापनपत्र मार्फत ध्यानआकर्षण गराएका थिए।

त्यसैगरी दक्षिणी भेग स्थित यस क्षेत्रका ४ पालिकाहरुको मुख्य द्वार भनेको धनगढी भएको हुँदा, धनगढी हुदै आवत जावत गर्न गौरिफन्टा अन्तराष्ट्रिय भन्सार नाका को कारण ले धनगढी उपमहानगरपालिका वडा ३ स्थित कैलाली भन्सार कार्यालयले राती १० बजे पछी मोहना नदीमा रहेको पुलबाट आवत जावत बन्द गर्ने गरेको हुँदा यस क्षेत्रका बासिन्दालाई आवत जावतमा कठिनाई हुदै आएकोले उक्त भन्सारको बाटोका कारणले ब्यहोर्नुपर्ने झन्झट हटाउनका साथै समग्र क्षेत्र नं १ को विकासका लागी पुनर्वास नगरपालिका वडा नं। ११ टाउकेबजार र धनगढी उपमहानगरपालिका वडा नं। ३ बडेहरा जोडनेगरी मोहना नदीमा पक्की पुल निर्माणको बिषयमा समेत ध्यानाकार्षण गराएका थिए।

यसैगरी क्रमसः बेलौरी नगरपालिका वडा नं। ५ रामनगर र लालझाडी गाउँपालिका वडा नं। २ को बिचमा पर्ने दोदा नदीमा पक्की पुल निर्माण, बेलडाडी गाउँपालिका बडा नं। १, २,५,४ र ३ हुदै बेलौरी न।पा। वडा नं। ९ हुदै लालझाडी गापा ६ चानदेव जोडने रिङरोड निर्माण,।वैवाह देखी ढकनीय जोडने भोग्ला नदीको सागाघाटमा पक्की पुल निर्माण का एजेण्डा अगाडि सार्दै संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन ।

भौगोलिक, आर्थिक र सामाजिक कारणले प्राविधिक शिक्षा एवं सीपमूलक व्यावसायिक तालिमको पहुचबाट वञ्चित वर्गलाई समावेश गर्न नसकेको स्थिति छ । तसर्थ राज्यको पहुँचबाट वञ्चित वर्गहरूलाई मध्यनजर राखी प्राविधिक शिक्षा र सीपमूलक व्यावसायिक तालिमबाट मात्र आर्थिक तथा सामाजिक उन्नतिमा टेवा पुग्ने पुर्व खानेपानी मन्त्री मगरले बताउनुभयो। उहाँले पिछडिएको क्षेत्रको समग्र विकासका लागि कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षा तथा सीपमूलक व्यावसायिक तालिम सञ्चालन गर्न गराउनका लागि प्रधानमन्त्री दाहालको ध्यानआकर्षण गराउनुभएको थियो।

संविधान सभा सदस्य एवं सुदूरपश्चिम प्रदेश ससाद माननिय दिवान सिंह बिष्टले सरकारले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्न प्राविधिक शिक्षालयले मुख्य भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै स्वदेशमानै प्राविधिक शिक्षालय बाद स्थानीय स्तरमा रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने माध्यम बन्न बताए । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले रोजगारीका अवसर प्राप्तिका लागि प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

उहाँले ‘ पालिकामा प्राविधिक शिक्षालय निर्माणका लागि केन्द्रीय सरकार संग हातेमालो गर्न स्थानीय सरकार कटिबद्ध रहेको बताए । नगरप्रमुख शर्माले यदि प्राविधिक शिक्षालय निर्माण भयो भने समग्र दक्षिणी भेग स्थित हामी सबैको लागि गौरवको विषय हो, बिद्यार्थीले पढ्ने बानीको विकास गर्नुपर्छ, प्राविधिक विषय पढेपछि रोजगारीका अवसर थुप्रै भेटिन्छन, त्यसैले यसको स्थापनाका निम्ति सरोकारवाला निकायले ध्यान दिन अनुरोध गर्नुभएको छ।

बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बेरोजगारीका कारण जटिल अवस्थाबाट गुज्रिरहेको युवा पुस्तामाँझ बिकासका पुर्वाधार र प्राविधिक शिक्षालय निर्माणले सहि दिशा दिई जनताको वृद्धि विकासमा टेवा पुग्ने बताए । उनले सरकार मार्फत कञ्चनपुरको दक्षिणी भेगका समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी ठोस पहल कदम चाल्न प्रधानमन्त्री समक्ष आग्रह गरे ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम आजको आवश्यक्ता बताउँदै नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ राष्ट्रिय प्राविधिक शिक्षालय स्थापना को बिषयमा र आवातजावत सहजीकरणका लागि पुल निर्माण सम्बन्धि आफु सकारात्मक रहेको बताउनुभयो। उहाँले बिकास कार्य संगसंगै शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कामको प्रत्याभूति नेपाली जनतालाई हुने गरी काम गरिने जानकारी दिँदै व्यवसायलाई बढावा दिने लगानीमैत्री वातावरण सिर्जना, अर्थतन्त्रको सबै क्षेत्रलाई गतिशील बनाएर रोजगारीको अवसर सिर्जना र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सरकार अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुस