कञ्चनपुर । हालै सम्पन्न भएको नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा एमालेमा गएका माओवादी नेता कार्यकर्ताहरु समावेस गरिएको छैन । ३ जेठ ०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भई नेपाल कम्युनिष्ट पाटी बन्यो । ०७५ सालमा भएको माओवादी–एमालेविचको एकता ७७ सालमै टुट्यो ।

यि दुवै कम्युनिष्ट पाटीविच एकता भएर नेकपा बनेपछि त्यस बिरुद्ध कम्युनिष्ट नेता ऋर्षि कट्टेल अदालत गए । कट्टेलले आफ्नो नेतृत्वमा नेकपा पाटी दर्ता भईसकेको भन्दै सर्वोच्चमा दायर गरेको मुद्दा २३ फागुन ०७७ मा फैसला भयो । सर्वोच्चले नेकपालाई मान्यता नदिई नेकपा माअ‍ोवादी केन्द्र र नेकपा एमालेविच भएको एकता भङ गर्दै दुवै पाटी पुर्वबत अवस्थामा ब्यूताईदियो ।

५ पुष ७७ सालमा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपाभित्र पुर्व माओवादी, एमाले धारमा नेता कार्यकर्ता धुवृकृत भईसकेका थिए । माओवादी नेतृत्वतर्फ एमालेका शिर्ष नेताहरु माधव कुमार नेपाल झलनाथ खनाल, एमाले नेतृत्वतर्फ माओवादी शिर्ष नेताहरु राम ब. थापा(बादल), टोप बहादुर राईमाझी लेखराज भट्ट सहितका नेता कार्यकर्ताहरु उतैतिर लागे । जनयुद्ध कालिन सुदूरपश्चिमका कमाण्डर लेखराज भट्टपनि उतै एमालेतिरै लागेर माओवादीमा फर्किएनन् बरु आफुसंगै अन्य नेता कार्यकर्ताहरु समेत लगेर एमालेतिरै बसे । माओवादीबाट एमालेमै गएका कतिपय नेता कार्यकर्ताहरुले नेकपाकै निरन्तरता एमाले हो भन्दै आए तर, यस विचमा एमाले कञ्चनपुरको दुई पटक जिल्ला अधिवेशन हुँदा पुर्व माअ‍ोवादी धारतर्फका नेताहरु पदाधिकार बन्ने सकेनन् ।

०७८ सालमा सम्पन्न भएको ८औँ अधिवेशनमा पुर्व माओवादी धारबाट अध्यक्षमा टिकट पाएका बीर बहादुर थापा(पातल)लाई पुर्व माओवादीबाट एमालेमा आएका नेता भन्दै हराएको स्वयम एमाले मुल धारकै नेताहरु बताउँछन । उतिबेलै पातल समुहबाट उपसचिवमा टिकट पाएकी ईश्वरा कुँवर पनि पराजित भईन ।

८औँ अधिवेशनमा माओवादीबाट गएका अधिकाँस सदस्यमै हारे, दलित कलष्टरबाट राजेन्द्र आग्री सहित अगन्य नेता कार्यकर्ता भने जितेका थिए ।

तीन बर्षपछि पनि एमाले कञ्चनपुरको ०८० चैत्र पहिलो साता ९औँ जिल्ला अधिवेशन भयो । उक्त ९औँ जिल्ला अधिवेशनमा पुर्व माओवादीबाट एमालेमा गएका नेताहरु पदाधिकारी बन्न सकेनन् । दुई गुट देखिएर चुनावी मैदानमा उत्रिएका नेता कार्यकर्ताहरु अन्तत एमाले मुल धार नेतृत्वबाटै दवाव आएर पुर्वबत एमालेकै नेताहरुलाई समावेस गरेर पदाधिकारी चयन गरिएको छ । अब सदस्य चयनमा समेत अधिकाँस पुर्व माओवादी नेता कार्यकर्ताहरुले हालेको उम्मेदवारी बालुवामा पानी जस्तै भईरहेको नेताहरु बताउँछन ।

एमाले कञ्चनपुरमा पोलिट्ब्यूरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र रावल निकट नेताहरु चुनावी मैदानमा उत्रिएका बेला, एकाएक चुनावी प्रकृया ब्रेक गरेर सहमती गराईयो । उक्त सहमतीभित्र पनि दुवै गुटबाट उम्मेदवारी दिएका पुर्व माओवादी नेता कार्यकर्ताहरु समावेस गरिनन् ।

पाल गुटबाट उपाध्यक्षमा विष्णूदत्त अवस्थी, रावल गुटबाट सचिवमा राधाकृष्ण जोशी(ज्वाला), रावलगुटबाटै उपसचिवमा जगत सिह र चाँदनी धामी(राना)ले उम्मेदवारी दिएका थिए । तर, सहमतीका नाममा एमाले नेतृत्वमा भईरहेको भाँडभैलो भईरहेको नेताहरु बताउँछन ।

उपसचिवमा उम्मेदवार समेत रहेका अधिल्लो पटक सदस्यमा समेत पराजित गराईएका पुर्व माओवादी नेता जगत सिह जनतामा जित्ने तर, एमालेमा हार्ने भएका छन । उनै सिह ०७४ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट पाटीको धरातल कमजोर भएपनि हरियाहतौडा चुनाव चिन्हबाट शुक्लाफाँटा नगरपालिका ७ को वडाध्यक्षमा भारीमतका साथ जितेका थिए । जनताबाट जितेका तिनै सिह दुई पटक एमालेमा हारे । ८ औँ अधिवेशनमा जिल्ला सदस्य र अहिले ९औँमा उपसचिव । जगत सिहले आफुहरुको नेतृत्व नै कमजोर निरिह हुँदा माओवादीबाट एमालेमा गएका साथिहरुमाथि अन्याय भएको बताए । नेकपा एमाले कञ्चनवपुरका एक नेताले यो अहिले निर्माण भएको कमिटि केही नेताहरुको स्वार्थपुर्ण तरिकाले बनेको त्यसमा पुर्व माअ‍ोवादी समावेस गर्न नचाहेको बताए । ‘यो नेकपाको निरन्तर होईन, दुई गुटविचको एकता पनि होईन, यो त दुईचार नेताको चाहना अनुरुप बनेको हो, यसरी ठेलडाल गरेर बनाएको टिम नै सफल हुँदैन एक अर्काविच मनोभावना नै एकता छैन, पाँच बर्ष सफल मेयर चलाएकालाई बाध्य भएर उपसचिव वडाध्यक्ष हारेकालाई उपाध्यक्ष बनाईएको छ, ‘ति नेताले भने, ‘यो तरिकारले कहि पाटी चल्छ ।’

८ औँ अधिवेशनमा समेत पुर्व माओवादीका नेताहरु सिध्याउन जबरजस्त चुनावमा लगियो, अहिले जित्नेबेला सहमती गराईयो, अधिल्लो पटक अध्यक्षमा चुनाव जितेका सुरेन्द्र विष्टलाई पनि पाटीभित्रकै एक गुट लागेर सिध्याउन खोजियो । नेकपाको निरन्तरता नहुँदा आम नेता कार्यकर्ता प्रतिनिधी पनि रुष्ट भएकाले यो कमिटिले सार्थकता नपाउनेमा आफु ढुक्क रहेको बताए ।

कतिपय एमाले नेता कार्यकर्ताहरुले बषौँदेखि एमालेको राजनीति गरेका नेता कार्यकर्ताहरु नै नसमिटिने अवस्थामा ०७७, ०७८ देखि आएका माअ‍ोवादी नेताहरुलाई समावेस हुन नसक्नु समान्य विषय भईरहेको बताईएको छ ।

नेकपा एमाले कञ्चनपुरका इन्चार्ज एव अध्यक्ष मण्डलका संयोजक नारदमुनी रानाले पुर्व माओवादी साथिहरु असन्तुष्ट नभएको बताए । इन्चार्ज रानाले यस पटक सहमतीय आधारमा पदाधिकारी टुङग्याउँदा केही छुट्न गएपनि उनीहरु असन्तुष्ट नभएको बताए । ‘पहिला चुनावबाट जाँदा पाटी बनेनन, त्यो अनुभवलाई हामी टिकेर अहिले सबै पक्षका नेताहरुसंग सरसल्लाह नै गरेर सहमती गराएर नेतृत्व चयन गराएका छौँ, ‘यसमा उहाँहरु पनि सन्तुष्ट नै छन ।’ यसरी सबैविचारबाट एमालेमा आएका नेता कार्यकर्ताहरुको भावना समावेस नहुँदा पाटी दुत गतिमा चल्न नचल्ने विषयमा आशंका उब्जाईरहेका बेला एमाले कञ्चनपुर नेतृत्व लक्ष्मी बुढाले पाटीलाई एकढिक्का बनाएर लैजाने संकल्प गरेकी छिन ।

 

 

 

 

 

प्रतिक्रिया दिनुस