कञ्चनपुर,  बुधबार जंगली हात्तीको आक्र्रमणबाट मृत्यु भएका शुक्लाफाँटा नगरपालिका–१ बन्साह गणेशपुरका ६५ बर्षिय बलदेव बोहराको परिवारलाई नगरपालिकाले क्रिरियाखर्च दिने भएको छ । मृतक बोहराको घरमै पुगेको शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले क्रिरियाखर्च बाफत २५ हजार दिने घोषणा गरेका हुन् ।
शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले तत्तकाल क्रिरियाखर्च बाफत नगरपालिबाट २५ हजार राहत दिलाउने र केन्द्रीय राहतका लागि पहल गर्ने बताए । ‘हामीले नगरपालिकाबा तर्फबाट अहिले २५ हजार दिन्छौँ, ‘प्रवक्ता सिहले भने, ‘शुक्लाफाँटा निकुञ्जसंग समन्वग गरेर संघीय सरकारबाट पाउने राहत दिलाउँन पहल गछौँ ।’
वन तथा भू–संरक्षण मन्त्रालयले निर्माण गरेको ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ दोस्रो संशोधन ०७४’मा हात्तीबाट मारिएका व्यक्तिको आश्रित परिवारलाई १० लाख राहत दिने व्यवस्था छ ।
दौतरी नारायण सार्कीसंगै बाणी जानेबक्र्रममा शिद्ध बैजनाथ सामुदायिक वनमा बोहरामाथी हात्तीको बथानले आक्र्रमण गरेको थियो । आक्र्रमणबाट बोहराको घटना स्थलमै मृत्यु भएको थियो । सार्कीभने भागेर बाँच्न सफल भए । बोहराले शव घटना स्थलबाट घरमा ल्याईएको थियो । हिजो पोष्टमाष्टम पछि महाकाली आर्यघाटमा बोहराको दाहसंस्कार गरिएको थियो । तिहारकै मुखमा अभिभावक गुमाएपछि बोहरा परिवार शोकमा डुबेको छ ।भारतीय नेशनल पार्कबाट आएको हात्तीको बथानलेएक महिना देखि कञ्चनपुरमा ग्रामीण बस्तीमा आतङ्क मच्चाउदै आएको छ ।

प्रतिक्रिया दिनुस