कञ्चनपुर असोज २९ , शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ बन्शाहमा जंगली हात्तीको आक्रमणमा परेर एक जनाको घटस्थलमै ज्यान गयोको छ । हात्तीको आक्रमणमा शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरका अन्दाजी ६५ बर्षिय बलदेव बोहराको मृत्यु भएको हो ।

बोहरा र अन्दाजी ३८ बर्षिय शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरका नारायण सार्की माछा ल्याउन बाणी जाने क्रममा जंगलमा हात्तीको आक्रमणमा परेका हुन ।नारायण सार्कीले भाग्न सफल भएर ज्यान जोगाएका हुन । ६५ बर्षिय बलदेव बोहराको मृत्यु भएको  स्थानिय तथा समाजसेवी हेमन्त कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस