माधब पौडेल

लालझाडी । लालझाडी गाउँपालिकामा शंकरपुर स्वास्थ्य चौकी को प्राङ्गणमा लालझाडी गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग र वडा नं २ का अध्यक्ष आशाराम रानाको अध्यक्षतामा आँखा उपचार केन्द्रको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।

 

 

कार्यक्रममा प्रमुख अतिथी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना , विशिष्ट अतिथी लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना , लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की , अतिथीमा लालझाडी गाउँपालिकाका वडा अध्यक्ष , कार्यापालिका सदस्य ,च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रीलोक नाथ पाण्डे धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्द , स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी लगायत स्थानीयको उल्लेखनीय सहभागीता रहेको थियो।

 

 

कार्यक्रममा बोल्दै कार्यक्रम बिशिस्ट अतिथि बोल्दै लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले अब पालिकाका जनताहरु आँखा उपचारका लागि धनगढी  महेन्द्रनगर बाहेक अन्यत्र जानुपर्ने बाध्यता हटेको बताउनुभयो।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले आफ्नो पालिका भित्र लालझाडीमा आँखा उपचार केन्द्र स्थापना गर्ने सहयोग गरेकोमा च्यारिटी च्यारिटी हेल्थ फाउन्डेसन नेपाललाई धन्यवाद ज्ञापन गर्दै अब पालिकाका जनताहरु अब आँखा उपचारका बाहिर जान नपर्ने बताउँदै पालिका भित्रै सर्वसुलभ सेवा पाउने बताउनुभयो।लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्कीले हामीले लालझाडी गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा आँखा उपचार केन्द्र थप गरिएको बताउँदै यस उपचार केन्द्र लाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो। उदघाटन कार्यक्रममा बोल्दै च्यारिटी हेल्थ फाउन्डेसन नेपालका कार्यकारी निर्देशक त्रीलोक नाथ पाण्डेले सस्थाले १९ औ उपचार केन्द्र स्थापना रुपमा लालझाडी आँखा उपचार केन्द्र स्थापना गरेको बताउँदै फाउन्डेसनलेआँखा जाँचका सामग्री,चस्मा बनाउने उपकरण उपलब्ध गराएको बताउनुभयो। उद्घाटन समारोहमा च्यारिटी हेल्थ फाउन्डेसन नेपाल कार्यकारी निर्देशक त्रीलोक नाथ पाण्डे र धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र चन्द बहादुर चन्द लाई सम्मान गरिएको थियो।लालझाडी गाउँपालिकाले आज बाट बैशाख ११ गतेसम्म निशुल्क आँखा शिविर सञ्चालमा छ।उपचार केन्द्रका लागि २ जना कर्मचारी नियुक्त गरेको छ।कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका कर्मचारी दशरथ रानाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुस