कञ्चनपुर । पर्या पर्यटन प्रबर्द्धनका लागि नागरिक स्तरबाट पहल गरिएको कञ्चनपुरको पुनर्वास स्थित प्यारा तालको नेपाल सरकारका पुर्व मन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अवलोकन गरेका छन् ।
संवाद यात्राका क्रममा मंगलवार कञ्चनपुरको पुनर्वासमा पुगेका काँग्रेस महामन्त्री थापाद्वारा जैविक महत्वको प्यारातालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट सुरु गरिएका पहलहरुको जानकारी लिदै निर्माण गरिएका संरचनाहरुको अवलोकन गरेका हुन ।
प्यारा ताल परिसरमै संचारकर्मीहरु संग बोल्दै नागरिकहरुको स्वस्फूर्त लगानीमा तालको पर्यटन बिकासका लागि गरिएको प्रयास प्रशंसनीय रहेको महामन्त्री थापाले बताए । सरकारको मुख नताकि बिकास निर्माणका काममा नागरिक स्तरबाट गरिएको यो पहलले सार्थक परिणाम ल्याउने उनले बताए ।
नागरिक पहलमा यहाँ भइ रहेका कामहरुको फ्लो अपमा आफू रहने अवलोकन गर्न ताल परिसर पुगेका महामन्त्री थापाले बताए ।