कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयले बैशाख दोस्रो साता चौथो दीक्षान्त समारोह गर्दै छ । सुदूरपश्चिम विश्वविद्यालयले आगामी आइतबार ९बैशाखमा चौथो दीक्षान्त समारोह गर्दै छ । दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल एक हजार ३सय ३७ विद्यार्थी मध्ये ३सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताईन । ‘हामीले यस पटक अनलाईन पनि फारम संकलन गरेका थियौँ, ‘उनले भने, ‘स्थानीय स्तरमै नभएका बाह्य क्षेत्रमा रहेका विद्यार्थीको सहजताका लागि अनलाईन फारम भर्ने व्यवस्था गरेका थियौँ ।’

व्यवस्थापन संकाय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस ईन्जिनियर संकाय स्नातक तहका नविन प्रंशाद भट्टलाई भ्वाईस चान्सलर पदक पाउने भएका छन । यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, बिरेन्द्र चौधरी, हरि प्रशाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नविन प्रशाद जोशी, टार्जन भण्डारीले गोल्डमेडल पाउन लागेका छन । यस पटक एमफिल तर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेका छन । शिक्षा र मानविकी संकायका २÷२विद्यार्थी दीक्षित हुन लागेका छन ।

प्रधानमन्त्री एव सुपविका कुलपति पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हुने कार्यक्तममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिह रावतको प्रमुख आथित्यमा हुने छ । उक्त दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने छ । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्ण बहादुर थापाले यस पटकको दीक्षान्त समारोह समयमै हुने बताए । सुपविका निमित्त उपकुलपति थापाले दीक्षान्त समारोह अघि प्रिसिनेटबाट ग्रेसलिट पारित गर्ने भएकाले कुनै नयाँ निर्णय नहुने भएकाले विवादरहित हुने बताए।

 

प्रतिक्रिया दिनुस