पप्पु गुरुङ्ग 

कञ्चनपुर । कञ्चनपुरको सीमावर्ती दोधाराचाँदनी गहुँखेतीमा आगलागी भएको छ । बिहीबार दोधाराचाँदनी नगरपालिका ७बाबाथान नजिकै गहुँखेतीमा आगलागी भएको हो ।दिउँसो एक्कासी चलेको हावाहुरीले रुखको हाङगा विद्युतको तारमा खस्दा विद्युत तार चुडिएर आगोको झिक्कोले सुकेको गहुँखेतीमा आगलागी भएको जनाईएको छ ।

दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतले विद्युतको तार चुडिएर सानो आगोको झिक्कोबाट स्थानीयको गहुँखेतीमा आगो लागेको बताए । प्रवक्ता बस्नेतले झण्डै १३ स्थानीयको १० विगाह हाराहारीमा रहेको गहुँखेती जलेर नष्ट भएको छ । साढे पाँच लाख बराबरको क्षति भएको छ ।

प्रवक्ता बस्नेतका अनुसार बीरसिह सुनारको ६, चन्द्र बहादुर सुनार, सुमन सुनार, भीम सुनारको १०÷१०कट्टा, पदम सुनार, शुशिल राना(मगर), बिनोद मगर, कैसाल सुनारको ५÷५कट्टा, सन्जु ठाकुर, सन्त सारु मगरको १५÷१५ कट्टा, उज्जल बरालको डेढ विगाह र लाल बहादुर पुन मगरेको अढाई विगाह जमिनका रहेको गहुँखेती जलेर नष्ट भएको छ । ‘गहुँखेतीमा आगो लागेको पालिकामा खबर आउँनासाथ पालिकाको एम्बुलेन्स सहित सुरक्षाकर्मी घटनास्थलतर्फ गयौँ, ‘उनले भने, ‘विच खेतमा आगो लाग्दा दमकलबाट निभाउन समस्या भयो ।’ विद्युत प्राधिकरणका समान्य तार चुडिएर अकल्पनिय घटना घटेको उनले बताए । बर्षभरी खाने जोहो गरेका किसानको एक्कासी जलेर गहुँ खरानी भएपछि किसान मारमा परेका छन । उनीहरुले राहत र क्षतिपूर्तिको माग अघि सारेका छन । यस अघि पनि भीमदत्त नगरपालिका ११ भुजेलाकी कमला धामीले अधिया गरेको खेतमा समेत आगजनी भएको थियो ।

प्रतिक्रिया दिनुस