कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ्गका एक प्राध्यापक पक्राउ परेका छन । सुपविको आगिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ्गका प्राध्यापक राजेन्द्र धामी पक्राउ परेका हुन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८जानकी टोल बस्दै आएका प्राध्यापक धामीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले प्राध्यापक धामी पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार धामी बिरुद्ध श्रीमतीले नै प्रहरीमा उजुरी दिएपछि छानबिनका लागि पक्राउ गरिएको छ ।

शनिबारदेखि प्राद्याध्यापक धामी प्रहरी हिरासतमा छन । उनी बिरुद्धमा श्रीमतीले अभ्रद व्यवहार अन्र्तरगत प्रहरीमा ृउजुरी दिएपछि छानबिनका लागि प्रहरीले पक्राउ गरेको बताए । विद्यार्थीलाई कक्षाकोठामा पठाउने शिक्षक यसरी प्रहरी हिरासतमा बस्नुपर्ने बाध्यता आएपछि एकातिर घर परिवार अर्कातिर विद्यार्थीको भविष्य चौपट हुने खतरा उत्पन्न गराएको भन्दै समाजिक रुपमा टिकाटिप्पणी भईरहेको छ ।

 

प्रतिक्रिया दिनुस