कञ्चनपुर । समाजमा रहेको विद्यमान लैङ्गिक तथा यौनजन्य हिन्सा न्यूनिकरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । आइतबार साथी संस्थाले महेन्द्रनगरमा आयोजना गरेको लैङ्गिक तथा यौनजन्य हिन्सा न्यूनिकरणको लागि नागरिक समाजसंग सहकार्य अन्तरकृया कार्यक्रममा सहभागिहरुले लैङ्गिक तथा यौनजन्य हिन्सा न्यूनिकरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका हुन ।

उनीहरुले अझैपनि समाजमा लैङ्गिक तथा यौजनन्य हिन्सा कायमै रहेकाले यसलाई पूर्ण निर्मुलीकरणका लागि नागरिक समाजले सकारात्मक भूमिका निर्वाहमा जोडदिएका छन । सहभागिहरुले अझैपनि समुदाय विशेषदेखि विभिन्न क्षेत्रमा लिङगका आधार तथा यौनजन्य रुपमा हिन्सा कायमै रहेको बताएका छन । वादी समुदायकी अगुवा दुर्गादेवी कुमालले अझैपनि वादी समुदायमाथि लैङ्गिक तथा यौनजन्य हिन्सा कायमै रहेको दुखेसो पोखिन् । उनले वादी समुदायका किशोर, किशोरी महिलाप्रति हेर्ने दृष्ट्रिकोण राम्रो नभएको बताईन ।

वादी समुदाय आर्थिक रुपमा विपन्न भएकाले शिक्षा हासिल गर्नका लागि समेत सरकारी विद्यालयले शुल्क लिईरहेको बताईन । द्वन्द्वपीडित महिला सीता बोहराले साथी संस्थाले कञ्चनपुरमा महिला हिन्सा न्यूनिकरणका लागि उदाहरणीय कामगरेको बताउँदै भावि दिनमा समेत थप कार्यक्रममा जोडदिईन । कार्यक्रममा साथी संस्थाका कार्यकारी निर्देशक सुभेक्षा राणाले उदेश्य बारे प्रकास पार्दै संस्थाले तीन दशकदेखि महिला अधिकारका लागि काम गर्दै आएको बताईन ।

उनले अझैपनि समाजमा हिन्सा कायमै रहेको तर, न्यूनिकरणका लागि साथी संस्थाले आफ्नो तर्फबाट देशव्यापी रुपमा काम गरिरहेको बताउँदै यसमा सरोकारवाला निकायले भूमिका निर्वाहमा जोडदिईन । ‘महिला हिन्सा, यौनजन्य हिन्साको सवाल महिलाको मात्रै होईन, ‘उनले भनिन, ‘हिन्सा निर्मुलका लागि आम पुरुषको समेत साथ सर्मथन सहयोग आवश्यक छ ।’ साथी संस्थाकी सुदूपश्चिम प्रदेशका संयोजक पार्वती भण्डारीले संस्था मार्फत कृष्णपुर नगरपालिका २ र शुक्लाफाँटा नगरपालिका ११ नम्बर वडा संचालन भएको कार्यक्रम बारे जानकारीका साथै नेपालको संक्रमणकारी न्याय यसका चुनौती र भावि कार्यदिशा बारे गरिएको अध्ययनको निष्कर्ष बारे समेत सरोकारवालासग छलफल गरिएको बताईन ।

साथी संस्था कञ्चनपुर संयोजक उर्मिला शाहीले संस्था मार्फत केही महिनादेखि कृष्णपुर नगरपालिका २ र शुक्लाफाँटा नगरपालिका ११ नम्बर वडा संचालन भएको कार्यक्रम बारे सरोकारवालासंग छलफल गराउँदै महिला माथि हुने लैङिक यौनजन्य हिन्सा न्यूनिकरणका लागि नागरिक समाज सहितका सरोकारवाला पक्षसंग छलफल गरिएको बताईन ।

कार्यक्रमको सहजिकरण गर्दै साथी संस्थाका संस्थापक तथा पुर्व अध्यक्ष संयुक्त राष्ट्र संघीय महिला बिरुद्ध भेदभाव उन्मुलन सम्बन्धी विज्ञ सदस्य बन्दना राणाले अझैपनि महिला हिन्सा कायमै रहेकाले न्यूनिकरणका लागि सरोकारवाला पक्ष गम्भिर हुनुपर्नेमा जोडदिईन । उनले संक्र्मणकालिन न्याय जति लम्बिने त्यती केही राष्ट्रिय एव अन्तराष्ट्रिय समुदायका पक्षमा नरहेको बताउँदै त्यसबाट द्वन्द्वका बेला लैङ्किक तथा यौनजन्य हिन्सामा परेका महिलाले न्याय नपाउने बताईन ।

उनले नेपालको संक्रमणकाली न्याय शिघ्र टुङ्गोमा पु¥याएर लैङिक तथा यौनजन्य हिन्सामा परेका महिलालाई न्याय दिनुपर्नेमा जोडदिईन । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी एव सरोकारवाला, महिला अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस