डम्मर दत्त भट्ट 

बुटवल । लुम्बिनी प्रदेश बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका छन ।

अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३जना भारतीयलाई पक्राउ गरेको ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख म्।क्।ए विजयराज पण्डितले बताए ।

केही समय देखि बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउने गिर्होलाई ईलाका प्रहरी कार्यालय बुटवलले प्रकाउ गरेको हो ।

पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोली छापा हानेको थियो ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोवाईल लगायतका सामान नियन्त्रणमा लिएको छ । ईलाका प्रहरा कार्यालय बुटवलका प्रमुख म्।क्।ए विजयराज पण्डितले १३ जना भारतीय प्रक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको बताए ।

प्रतिक्रिया दिनुस