कञ्चनपुर । नेकपा एमाले निकट अनेरास्ववियुले विद्यार्थी दिवसको अवसरमा रक्तदान गरेको छ । मंगलबार विद्यार्थी दिवसको अवसरमा पाटी कार्यालयमा रक्तदान गरेको हो ।

अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामीले विद्यार्थी दिवसमा अनेरास्ववियुले रक्तदान गरेको बताए । उनका अनुसार विद्यार्थी संगठनसंगै राष्ट्रिय युवा संघले समेत रक्तदान गरेको छ । कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ता र विद्यार्थी, युवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका अन्तरगत रक्तदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुस