बैतडी कार्तिक ७ ,बैतडीको मेलौली नगरपालिका ५ मा सडक खन्न गएको डोजरले च्यापेर एकजनाको मृत्यु भएको छ । सडक खन्न गएको स्काभेटरले किच्दा शुक्रसिंह पुजाराको मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्ष कडिल्ली नारायण पाण्डेकाअनुसार मेलौली नगरपालिका ६ लामालेकदेखि ५ पेल्यासम्मको सडकखन्न गएको एस के २२० केडिएन नम्बरको स्काभेटर फर्किने क्रममा सोही स्काभेटरमा जाँदै गरेका शुक्रसिंह पुजाराको खसेर मृत्यु भएको जानकारी दिएका छन्।

स्काभेटर चालक दशरथ चन्दनगरपालिका २ देहिमाडौंका शेरीराम बोहरा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।बैतडीमा केहि दिन अघि बैतडीको दशरथ चन्दनगरपालिका ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई हुत्याएर घाइते बनाएको थियो ।

 

प्रतिक्रिया दिनुस