कञ्चनपुर कार्तिक ६ कञ्चनपुर बाट रंगे हात  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई पाँच हजार घुससहित पक्राउ गरेको छ ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पश्चिमी सीमा क्षेत्र भीमदत्त नगरपालिका ११ गड्डाचौकीको भन्सार क्षेत्रबाटै प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टका अनुसार भारतबाट ल्याएका तस्करीका समानमा भन्सार मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा चौधरी पक्राउ परेका हुन् । उनका अनुसार चौधरी इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत हुन । चौधरीले भारतबाट समान ल्याउने व्यवसायीबाट भन्सार मिलाइदिन्छु भन्दै रकम उठाउदै आएका थिए ।

भन्सार क्षेत्रमा चुहावट रोक्न खटिएको प्रहरी नै अख्तियारको फन्दामा परेपछि स्थानीयले प्रहरी नै तस्करीमा संलग्न हुने गरेको आरोप लगाएका छन् ।रंगे हात घुससहित पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि अख्तियारले प्रकृया अघि बढाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले घुससहित पक्राउ परेका प्रहरी माथि प्रहरीले पनि कारबाही गर्ने बताए ।

प्रतिक्रिया दिनुस