कञ्चनपुर कार्तिक ४ ,महेन्द्रनगरमा हिजो देखि राजमार्ग छेउछाउका खोकाछाप्रा हटाउन सुरु गरीएको छ । स्थानीय तह र प्रहरी प्रशासनको संयुक्त पहलमा आइतबारदेखि राजमार्ग छेउछाउका खोका छाप्रा तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालीएको हो ।

अतिक्रमण गरी बनाइएका टहरा हटाउन यसअघि नै पटक–पटक आग्रह गर्दे सूचना जारी गरे पनि अटेर गरेकाले प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण हटाइएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गदेखि २५ मिटर दायाँ र बायाँ बनेका छाप्रा र पसल हटाउने कार्य भानुचोक देखि शुरु गरीएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले बताए । आइतबार बिहान शिवमन्दिर क्षेत्रबाट बसपार्कसम्मका सडक छेउका अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुस