गौरव बिष्ट कञ्चनपुर शुक्लाफाटा कार्तिक ३ , शुक्लाफाटा नगरपालिका ११ अमरपुरमा शनिबार देखि अमरपुरको खेल मैदानमा क्रिकेट प्रतियोगिता संचालन गरिएको छ । श्री सरस्वती युनेस्को बिकास केन्द्र ११ अमरपुर को आयोजना तथा शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजना गरिएको हो ।शुक्लाफाटा नगरपालिका भित्र रहेका १२ वटै वडाका खेलाडिहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् भने प्रतिश्प्रर्धा गर्न प्रतियोगितामा १६ वटा टिमको बिचमा प्रतिस्प्रर्धा हुने छ ।

प्रतियोगितामा प्रथम हुने टिम लाई रु २१ हजार ५ ,दिर्तीय हुनेलाई ८ हजार ५ सहित प्रमाण पत्र, मेडल का साथै प्रतेक खेलमा उत्क्रिष्ट खेलाडी,बलर ,ब्याट्स म्यान लाई समेत पुरस्कार प्रदान गरिने संस्थाका सचिव जयराज ऐरले बताए ।श्री सरस्वती युनेस्को बिकास केन्द्र का अध्यक्ष डम्मर बहादुर ऐर को सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि शुक्लाफ़टा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दिल बहादुर बुढा रहनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बुढाले खेलकुदको विकासले युवाहरुलाई स्वस्थ्य,निरोगी,अनुशासित बनाई बिभिन्न कुलत तथा दुर्व्यसनी बाट बचाउन मदत पुग्ने कुरामा दाबि गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत युवा खेलाडीहरुले ठाउको पहिचान लाई स्थापित गरेको बताए । खेलकुद को बिकासमा वडा नम्बर ११ बाट आगमिदिनहरुमा समेत सक्दो सहयोग गरिने वडा अध्यक्ष बुढाले जनाए ।

कार्यक्रममा बिशिष्ट अतिथि वडा नम्बर ११ का वडा सदस्य जय बहादुर बिष्ट,फुलमती राना,सस्थाका पुर्ब अध्यक्ष देब बहादुर ऐर रहनु भएको थियो । खाने पानि तथा सरसफाई वडा नम्बर ११ का कोषाध्यक्ष टेक बहादुर भण्डारी,कराते का राष्ट्रिय खेलाडि अमर बहादुर ऐर ले मन्तब्य राखेका थिए भने स्वागत मन्तब्य सस्थाका सदस्य सुरज ऐरले राखेको कार्यक्रम को संचालन राम बहादुर चुनाराले गरेका थिय । आज वडा नम्बर २ को टिम र वडा नम्बर ७ का टिम बिच बिहान ८ बजे क्रिकेट खेल हुने छ भने बिहान ११ बजे वडा नम्बर ९ र वडा नम्बर ४ को टिमका बिच प्रतियोगिता हुने छ । त्यसै गरि दिउसो २ बजे वडा नम्बर ४ र वडा नम्बर ६ टिमका बिच प्रतियोगिता का खेलहरु हुने छन् भने ४ बजे वडा नम्बर ११ को र वडा नम्बर ११ कै टिमका बिच प्रतिस्प्रधा हुने आयोजक सस्थाले जनाएको छ, प्रतियोगिता कार्तिक ९ गते समापन हुनेछ ।

प्रतिक्रिया दिनुस