कञ्चनपुर । कञ्चनपुरको उत्तरी भेगका सामुदायिक विद्यालयमा वातावरण सरक्षण शिक्षा कार्यक्रम संचालन गरिएको छ । भीमदत्त र बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा वातावरण सरक्षण शिक्षा कार्यक्रम संचालन गरिएको हो ।

चुरे सरक्षण सञ्जाल र विद्यालय वातावरण सरक्षण शिक्षा सञ्जाल(सेन्स) नेपालको संयुक्त आयोजनामा चार विद्यालयमा वातावरण सरक्षणका विवित कार्यक्रम संचालन गरिएका हुन । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले भीमदत्त नगरका जनसेवा मावि हल्दुखाल, बैजनाथ मावि नयाँ तिलकपुर, बेदकोट नगरका बैजनाथ मावि गैलनदी र जनता मावि गाउजीका विद्यार्थीलाई चुरे संरक्षण सम्बन्धी अभिमुखिकरण गराईएको बताए ।

उनका अनुसार चुरे वातावरण, जैविक विविधता सरक्षणमा विद्यार्थीको भुमिका प्रभावकारी बनाउन चारै विद्यालयमा विवित कार्यक्रम गरिएको बताए । तराई भूपरिधी कार्यक्रम(ताल)को सहयोगमा चारै सामुदायिक विद्यालयमा विवित कार्यक्रम गरिएको बताए । विद्यालय वातावरण सरक्षण शिक्षा सञ्जाल(सेन्स)का अध्यक्ष बिर्ख बहादुर मल्लले जनसेवा माविमा चुरे सरक्षण सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, बैजनाथ माविमा चित्र कला प्रर्दशनी, बैजनाथ मावि गैलनदी र जनता माविमा निम्बन्ध प्रतियोगिता गरिएको बताए ।

अध्यक्ष मल्लका अनुसार हरेक सामुदायिक विद्यालयमा ईको क्लब गठन गरेर वातावरण शिक्षा सम्बन्धी विद्यार्थीलाई अभिमुखिकरण गराउनुपर्ने बताए । हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका ०७५ कार्यान्वयन अपरिहार्य रहेको उनले बताए । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले विद्यार्थीहरुलाई वातावरण सरक्षण गर्न उत्प्रेरित गराउने उदेश्यका साथ सामुदायिक विद्यालयमा विवित कार्यक्रम गरिएको बताए । अध्यक्ष कुँवरले जिल्लाको उत्तरी चुरे क्षेत्रकै विद्यार्थीलाई जैविक विविधता सरक्षण बारे विवित कोणबाट अभिमुखिकरण गराएर उनीहरुलाई चुरे सरक्षणमा जिम्मेबार बनाउन सके वातावरण सरक्षणमा टेवा पुग्ने बताए । शिक्षक, विद्यार्थीले उक्त कार्यक्रमबाट वातावरण सरक्षणका कार्यक्रममा केही नयाँ सिकाई भएकाले आगामी दिनमा भूमिका निर्वाह गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस