पप्पु गुरुङ्ग

कञ्चनपुर । कञ्चनपुरको बाबाथान सडक निमार्ण कार्य सुचारु गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारलाई बाबाथान बजार क्षेत्र तथा दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड निमार्ण कार्य सुचारु गर्न ज्ञापन पत्र बुझाएको बाबाथान बजार व्यवसायीहरुले बताएका छन् । मेयर लिम्बुको कार्य कक्षमा पुगेर बाबाथान बजार व्यवस्थापन समितिका पदाधिकारी लगाएत व्यवसायीहरुले ज्ञापन पत्र बुझाएको व्यवसायी रवि यादवले बताएका छन् । दोधारा चाँदनीको बाबाथान बजारमा मूल सडक खण्ड जीर्ण भएपछि वासिन्दा सास्ती खेप्दै आएका छन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीय आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको व्यवसायीहरुले बताए । आर्थिक २०७०र०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५र०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्त सडक नदीको बगर सरह भएको छ । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भए संगै स्थानिय तथा बजार व्यवसायीहरुले समय समयमा विरोध जनाउदै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको मूल सडक खण्ड सडकनै जिर्ण भई सवारी साधन आवागमन तथा हिडडुल गर्न सास्ती भएपछि व्यवसायीहरुले आन्दोलन गर्ने बताए । व्यवसायी रवि यादवले बाबाथान बजार क्षेत्रको सडक पिच नगरे सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । व्यवसायी यादवले सडकमा बग्रेल्ति फुटाएको ढुङ्गा संगै धुल्याम्मे सडक भएको कारण बाजर क्षेत्रमा हिडडुलमा समेत निकै समस्या आएको बताए । बजारमा राखिएको मिष्ठान पसल बढी प्रभावित बन्दै गएको व्यवसायीहरु बताउछन् । हावाहुरीको कारण सडकबाट उड्ने धुलोले व्यवसायीहरुको पसलहरुमा धुलोको कारण पसल धुलाम्ये हुने गरेको छ् । बाबाथान बजार दोधारा चाँदनी नगरपालिका क्षेत्रको सबै भन्दा पुरानो बजार मानिन्छ् । बजार व्यवसायीहरुले स्थानिय तहका जनप्रतिनिधिलाई सडक धुल्याम्मे भएर आफ्नो व्यावसायमा समस्या पर्दै आएको बताएपछि दोधारा चाँदनी नगरपालिका कार्यालयले सडकको कारण आउने धुलो, मैलोलाई रोक्न तीन थान सानो सिचाईको मोटर उपलब्ध गराएको व्यवसायीहरुले बताए । आउदो १५ गते भित्र सडक निमार्ण कार्य सुरु नगरेमा तिन पाङग्रे र चार पाङग्रे सवारी साधन आवागमनमा रोक लगाईने ज्ञापन पत्रमा उल्लेख गरिएको छ् ।

प्रतिक्रिया दिनुस