शुनिल राना 

कञ्चनपुर, १६ जेठ कञ्चनपुरको एक यातायात कम्पनीले स्तरिय यातायात सेवा विस्तार गरेको छ । जिल्लाको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले महेन्द्रनगर–काठमाण्डौँ रुटमा स्तरिय यातायात सेवा विस्तार गरेको हो । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले उच्चस्तरिय आधुनिक सेवा सहित बाह्रसिङ्गा एसी बस सेवा शुचारु गरेको छ ।

बुधबार महेन्द्रनगरदेखि काठमाण्डौँका लागि बाह्रसिङ्ग एसी बस सेवा संचालन गरेको हो । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष महेश बोहराले यात्रुको चाहना अनुरुप स्तरिय बस संचालनमा ल्याएको बताए ।

पवनदुतका बरिष्ठ उपाध्यक्ष बोहराले ४४ सिटे बसभित्रै शौचालय, उच्चस्तरिय ईन्टरनेट सेवा, सिसि क्यामेरा, जिपिएर, वासरुम, एयर सस्पेन्सर, अटेज, सोफासिट, सहितको आधुनिक सुविधा रहेको बताए । उनका अनुसार हाल पवनदुतसंग बाह्रसिङ्गा एसी ५ बस रहेका छन । हरेक बसमा चार यात्रु सुत्नमिल्ने समेत सुविधा रहेको छ ।

हरेक दिन १ बस महेन्द्रनगरदेखि छुट्नेछ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष निरन्जन मल्लले यस अघि पनि पवनदुतले एसी बस सचालन गरेको र अहिले स्तरिय सेवा विस्तार गरेको बताए । नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष डम्बरराज पन्तले यातायात क्षेत्रमा निजी क्षेत्रले गरिरहेको सेवा विस्तारलाई राज्यले समेत सम्मान गर्नुपर्नेमा जोडदिए ।

उक्त बाह्रसिङ्गा एसी बसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी क्षेत्रबाट स्तरिय सेवा प्रवाह गर्न आग्रह गरेका छन । जिसस प्रमुखले झण्डै चार दशकअघि कञ्चनपुरको यातायात सेवालाई स्मरण गर्दै विगत भन्दा अहिले जिल्लाको स्थानीय र राष्ट्रिय रुट स्तरिय भईरहेको बताए ।

उनले निजी क्षेत्रबाट यातायात स्तरबृद्धिका विषयमा राज्यले समेत ध्यान दिर्दै सरक्षण प्रर्बद्धनमा जोडदिए । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका सचिव राम बहादुर धामीले पवनदुतले संचालनमा ल्याएको बाह्रसिङ्गा एसी बसबारे यात्रुमा व्यापक प्रंचारप्रसारका लागि सचारकर्मीले भूमिका निर्वाहमा जोडदिए । बस उद्घाटन कार्यक्रममा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव भट्टले संचालन गरेको कार्यक्रममा यातायात व्यवसायी, सरोकारवाला सहितको सहभागिता रहेको थियो । पहिलो दिन यात्रुहरुलाई टिकाखादा लगाएर विदाई गरिएको छ ।

प्रतिक्रिया दिनुस