कञ्चनपुर । उच्च सुरक्षा सम्वेदनशिल रहेको कञ्चनपुर कारागारका कर्मचारी र कैदीबन्दीसंगै दिउँसो मदिरा सेवन गर्दै आएका छन । कार्यालय समयमै कारागारका निजामती कर्मचारी र कैदीबन्दी दिउँसै मदिरा सेवन गर्दै आएका हुन ।

बिहीबार कञ्चनपुर प्रहरीको टोलीले कारागारका कर्मचारी र कैदीबन्दीलाईसंगै मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले खरिदार जिवन पन्त र कैदीबन्दी भुवन थापा सहितलाई मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको बताए । प्रवक्ता जोशीका अनुसार कैदीबन्दी रकर्मचारी मदिरा सेवन गरिरहेको अवस्थामा होटलबाटै उनीहरुलाई पक्राउ गरेको बताए ।

‘कार्यालय समयमै कर्मचारी यसरी कैदीबन्दीसंगै बाहिरा आएको यो घटनाको हामीले छानबिन गरिरहेका छौँ, ‘प्रवक्ता जोशीले भने, ‘घटनामा संलग्नमाथि कार्बाही हुन्छ ।’

यसरी निजामती कर्मचारी कार्यालय समय, सुरक्षा समवेदनशिलता भएको कारागारमा कार्यरत कर्मचारी नैतिकदेखि कानुनी आचार भन्दै चौतर्फी आलोचना भईरहेको छ ।

उक्त घटनापछि प्रहरीले कारागार सुरक्षामा रहेका कारागार सुरक्षा प्रमुख समेत परिर्वतन गरेको छ । ९५ जना कैदी क्षमता रहेको कञ्चनपुर कारागारमा हाल साढे पाँच सय बढि कैदीबन्दी रहेका छन ।

प्रतिक्रिया दिनुस