धन सिंह धामी

महेन्द्रनगर । कञ्चनपुरका एक जना जनप्रतिनिधिले उदाहरणीय कार्य गर्दै आएका छन ।

दोधाराचाँदनि नगरपालिका ५ का वडा अध्यक्ष केशब खत्रीले आफुले आफ्नो वडाबासीहरु प्रति जिम्मेवारी बहन गर्दै गर्दा थप आफ्नो वडा बाहिरका नगरबासीहरु सम्म मानविय दायित्व निर्वाह गर्ने क्रममा थप परिचित हुन पुगेका छन । अध्यक्ष खत्री वडा लगायत अन्य आफ्नो नगर भित्रका १० वटै वडामा दिन दुखिहरुको सहारा बन्दै आफुले खेल क्षेत्रमा होस या बिध्यार्थी पढाउन आर्थिक सहयोग गर्नमा सधै अग्रसर रहने गरेको कारणले दिन प्रतिदिन जनतामाझँ लोकप्रिय बन्दै गएका छन । असाहय दिन दुखिहरुको लागि सक्दो सहयोगका साथै अगाडी पहल गरीदिने भएकोले उनि आम सर्वसाधारणको माझँमा सम्झने लायकको पहिलो पात्र बन्दै गएका छन ।

पछिल्लो समयमा रमा देवि भण्डारी,कमला साउँद,मान बहादुर सुनार,गंगा गुरुङ,शिवराज भाट बचाउँ लगायत धेरै अभियानमा जोडिएर उनिहरुको दुखको समयको सहारा बनि सकेका र बिध्यार्थी,खेलाडिहरुलाई पनि सहयोग गर्दै आएका छन ।

अहिले अध्यक्ष खत्री शान्ति दमाई बचाऊँ अभियानमा जोडिएर आफ्नो व्यक्तिगत ७०००÷– नगद सहयोग सुरुवातबाट अन्य सम्पुर्णलाई यस अभियानमा जोडिएर सहयोग गरी दिन अनुरोध गरीरहेका छन ।

स्थानिय प्रताप दमाईको छोरी शान्ति दमाईको घर बाके राप्तीमा भएपनि उनि अहिले आफ्नो माईतिमा बस्दै आएका छन । लामो समय देखि ब्रेन ट्युमर रोगबाट ग्रसित दमाईको बैदेशिक रोजगारीमा रहेका भाई गोपाल दमाईले दुईलाख भन्दा बढि खर्च गरी सकेपनि उपचारमा सुधार नभएपछि सहयोगको पहल गर्दै अध्यक्ष खत्री सम्म पुगेका थिए । पिडित दमाईको उपचारमा सक्दो सहयोग गर्ने अध्यक्ष खत्रीले बताएका छन ।

प्रतिक्रिया दिनुस