कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा(एसइई)मा भानु माध्यामिक विद्यालय गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८०मा संचालन गरेको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा लालझाडी २कञ्जको भानु मावि गाँउपालिकामै उत्कृष्ट(पहिलो) भएको हो ।

लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार भानु माविका २२ विद्यार्थी मध्ये १६ उर्तिण भएका छन । भानु मावि कञ्ज ७३ प्रतिशत रिजल्ट ल्याउन सफल भएको हो । भानु माविका प्रद्यानाध्यापक बेद प्रशाद उपाध्यायले शिक्षक, विद्यार्थीको मेहनतले यतीसम्मको विद्यालयलाई सफलता मिलेको बताए । प्रअ उपाध्यायले आगामी दिनमा थप मेहनत गरेर शैक्षिक गुणस्तर बृद्धि गर्दै उर्तिण दर बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।

भानु माविका अध्यक्ष प्रकास रानाले शिक्षकको अति मेहनत र विद्यार्थीका लगावका कारण पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । अध्यक्ष रानाले आगामी दिनमा विद्यालयमा भएका अभावपुर्ति गर्दै थप शैक्षिक सुधार गर्ने बताए ।

शारदा माविका ४६ मध्ये ५, रामेश्वर माविका ३१ मध्ये ११, स्वनेत्रका ३१ मध्ये ११ विद्यार्थी मात्रै उर्तिण भएका छन । भने, दुई विद्यालय निल भएका छन । सरस्वती मावि र बैजनाथ मावि निनल भएका हुन । सरस्वती र बैजनाथका २०÷२० विद्यालय सहभागि भएका थिए ।

सरकारी लगानीमै सचालनमा रहेका दुई विद्यालयको नतिजा निल आएपछि अभिभावकले आलोचना गरिरहेका छन । लालझाडी गाँउपालिकाको तथ्याङ्क अनुसार कुल १५०मा ३३ विद्यार्थी उर्तिण भएका छन । यो पनि निरासाजक परिमाण भन्दै सुधारमा जोडदिईएको छ । लालझाडी गाँउपालिका प्रमुख निर्मल राना नै विगतमा भानु माविको अध्यक्ष भएर काम गरेका थिए । गाँउपालिका प्रमुख निर्मल रानाले एसइईमा सत प्रतिशत रिजल्ट ल्याउनका लागि भानु माविलाई आग्रह गरेका छन । गाँउप्रमुख रानाले अहिले गाँउपालिकामै उत्कृष्ट नतिजा ल्याएको भावि माविले आगामी दिनमा सत प्रतिशत नतिजा ल्याउनुपर्ने र अन्य निल भएका विद्यालयले ब्यापक सुधार गर्नुपर्नेमा जोडदिए । गाँउप्रमुख रानाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी सहित सरोकारवाला निकायले मेहनत गर्नुपर्नेमा बताएका छन ।

प्रतिक्रिया दिनुस