महेन्द्रनगर । वर्खा लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको संक्रमण देखिन थालेको छ् । प्रायः जसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको हो । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको छ् ।

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा संक्रमण गराउछ । त्यसैगरी एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउँने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने हुन्छ । उक्त किरालाई शरीरबाट फाल्न खोज्दा संक्रमण हुने र किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन ।

किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिडले शरीरलाई हानि गर्दछ । लक्षण देखिए पछि धेरै मानिसहरुलाई आफैं सञ्चो भएर हुन्छ भने, ‘सञ्चो नभएमा स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्ने हुन्छ । प्राय जसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ ।

प्रतिक्रिया दिनुस