महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । लगातार वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारणले गर्दा जग्गा कटानीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० ‘अठार नम्वर पिल्लर बस्ती’ बिस्तापितको संघारमा रहेको हो ।

जगबुडा नदीले कटानी गर्दै बस्ती नजिक नदी पुग्न लागेको स्थानीयबासी दिल बहादुर राना क्षेत्रीले जानकारी दिएका छन् । नदीले कटानी गर्दै घर आंगनमा पुग्न लागेको दिल बहादुर राना क्षेत्रीले बताए । नदीको कटानी अझै पनि नरोकिएको उनले बताएका छन् । उनका अनुसार बाढीले अठार नम्वर पिल्लर बस्तीलाई जोड्ने झोलुङ्गे पुल समेत क्षतबिक्षत बनाएर हिड्न समेत समस्या भएको छ् ।

जगबुडा नदीमा कटानी गर्न थालेपछि स्थानीयहरु मिलेर बाँस, रुखका स्याउलाले कटानीलाई रोक्ने प्रयास गरेको छौँ । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् । बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानीयहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् ।

नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक किसानहरुको जग्गा रहेको छ् । बस्तीमा वर्षायाममा मात्रै नभई हिउँदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भूमी कटानी गर्दै आएको स्थानीयबासी डम्मरी ओलीले बताए । बाढी आएको बेला आफुहरु रातभरी जाग्रम बसेको ओलीले बताएका छन् । जगबुडा नदीले अझैँ पनि जग्गा कटानी गर्दै आएको र बस्तीलाई जोड्ने एक मात्र झोलुङ्गे पुलमा नदीले ल्याएको ठूलो रुख फसेर क्षती बिक्षत् बनाएको ओलीले बताउछन् ।

त्यसैगरी नदीले झण्डै २ बिघाह क्षेत्रमा जग्गा कटानी गरेसंगै घर आंगन सम्म नदीले कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीयहरुमा त्रास बढेर गएको हो । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर दोधारा चाँदनी नगरपालिकामा रहेका घर, सडक, झोलुङ्गे पुल लगाएत भौतिक संरचनामा ठूलो क्षती भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि नगर क्षेत्रमा बसोबास गर्ने २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् ।

 

प्रतिक्रिया दिनुस