महेन्द्रनगर । कञ्चनपुरका निर्माण व्यवसायीले भन्सार कार्यालयमा तालबन्दी गरेका छन । बिहीबार निर्माण व्यवसायीले काम गरेर रकम भुक्तानी नदिएपछि भन्सार कार्यालय गड्डाचौकीमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायीहरुले काम गरेपनि भुक्तानी नदिएपछि बाध्य भएर तालाबन्दी गरेको बताएका छन । जिके ग्रफ निर्माण सेवाका संचालक ज्ञानेन्द्र फुयालले काम पुरा गरेपनि कार्यालयले समयमै भुक्तानी नदिएपछि बाध्य भएर कार्यालयमा बिरोध स्वरुप तालाबन्दी र धर्ना दिएको बताए ।

‘हामीले कार्यालयको पुरा काम गरे तर कार्यालयले पैशा दिन आनाकानी गरिदियो, ‘उनले भने, ‘आज हामीले निर्माण व्यवसायी संघकै नेतृत्वमा तालाबन्दी गरेका छौँ ।’आफुहरुले बैंकबाट ऋण निकालेर काम गरेपनि कार्यालयले भुक्तानी नदिएपछि आफुहरु मारमा परेको बताए । ‘बैंकबाट ऋण निकालेर काम ग¥यौ, बजारमा निर्माण समाग्रीको पैशा तिर्न बाँकी छ, साहुहरुको फोनले हैरान भएर फोन स्वीचअफ गर्नुपर्ने बाध्यता आएको छ ।’

श्रीकृष्ण कस्क्ट्रक्सन प्रालिका संचालक अन्तराम जोशीले काम गरेपनि भुक्तानी नपाउने विडम्बना भएको बताए । उनले काम गरेपनि भुक्तानी नपाउँदा मजदुरदेखि साहुहरुबाट भाग्नुपर्ने अवस्था सृजना भएको बताए । ‘हामीले पुरै काम गर्दा पनि भुक्तानी नपाउने समस्या भयो, ‘उनले भने, ‘अहिले हामी साहै पीडामा छौँ ।’
भवानी कालीका निर्माण सेवाका संचालक एव निर्माण व्यवसायी हर्क बहादुर मल्लले कार्यालयबाट कोटेशनका लाखौँका योजना वितरण गर्ने तर ठेक्का आब्हान भएका निर्माण व्यवसायीको काम गरेको भुक्तानी दिने प्रवृतिमा खोट रहेको बताए ।

निर्माण व्यवसायीले राज्यलाई सबैभन्दा बढि कर तिर्ने तर राज्यले व्यवसायीलाई सरक्षण गर्न नसकेको दुखेसो पोखे । बैकबाट ऋण निकालेर काम गरेपनि कार्यालयले भुक्तानी नदिएपछि व्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्था सृजना भएको बताए । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले काम गरेर पनि भुक्तानी नदिने कार्यालय बिरुद्धमा तालाबन्दी अभियान अन्र्तरगत भन्सारमा समेत तालाबन्दी गरिएको बताए ।

अध्यक्ष भट्टका अनुसार महाकाली तेस्र्रो चरण, जनताको तटबन्ध कार्यालयमा यस अघि र अहिले भन्सारमा आगामी दिनमा भुक्तानी नदिने थप कार्यालयमा तालाबन्दी गरिने बताए । भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार जिके ग्रुफ निर्माण सेवाको २५ लाख, ६७ हजार, ७०६ रुपैया, भट्ट ब्रर्दस प्रालिको १४ लाख, ९१ हजार ४९२ र श्रीकृष्ण कस्क्ट्रक्सन प्रालिले ९लाख, ७७ हजार ९२४ गरी ५०लाख, ३७हजार १२३रुपैया भुक्तानी गर्न बाँकी छ । भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले बजेट नहुँदा भुक्तानी गर्न नसकिएको र भदौँभित्रै भुक्तानी दिने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस