माधब पौडेल

कञ्चनपुरको बेलौरी नगरपालिकाले सवारीसाधन मर्मत शिर्षकमा धेरै रकम खर्च गरेको पाइएको छ । जनप्रतिनिधि र कर्मचारीले एक वर्षमा सवारी साधन मर्मत खर्च ३५ लाख ९९ हजार ९८६ रुपैयाँ खर्च गरेको देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले सवारीसाधन मर्मत शिर्षकमा धेरै रकम खर्च गरेको उल्लेख गरेको छ ।

महालेखापरीक्षकको कार्यालयलेसवारीसाधन मर्मत खर्च शिर्षकमा जथाभावी खर्च गरिएको भन्दै स्रोतको अधिकतम उपयोग हुनेगरि मितव्यिता अवलम्बन गरि खरिद कार्य गर्न सुझाव समेत दिएको छ।

सवारीसाधन मर्मत शिर्षकमा पनि मर्मत कार्यको लागत अनुमान तयार गरि स्वीकृत नगरेको, फेरिएको पार्टपुर्जाको जिन्सी दाखिला नगरिएको जस्ता कारणले वास्तविक खर्च यकिन गर्न नसकिएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुस