कञ्चनपुर । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा कञ्चनपुर भीमदत्त नगरपालिका १८ बागफाँटाको लक्ष्मी माविमा साईकल स्टेन्ड निर्माण गरिएको छ । सिद्धार्थ बैंक शाखा महेन्द्रनगरको आर्थिक सहयोगमा भीमदत्त नगरपालिका १८ बागफाँटाको लक्ष्मी माविमा साईकल स्टेन्ड निर्माण गरिएको हो ।

लक्ष्मी माविमा प्रद्यानाध्यापक प्रमानन्द नाथले सिद्धार्थ बैंकको १लाख २० हजार आर्थिक सहयोगमा विद्यालयमा साईकल स्टेन्ड निर्माण गरिएको बताए । बैंकका तर्फबाट महेन्द्रनगर शाखा प्रमुख बिरेन्द्र सिह कार्की(क्षेत्री), शाखा प्रमुख निराकार बहादुर सिहले प्रअ प्रमानन्द नाथलाई उक्त १लाख २०हजारको चेक हस्तान्तरण गरेका छन । बैंकले समाजिक उत्तरदायी अन्तरगत उक्त सामुदायिक विद्यालयमा साईकल स्टेन्ड निर्माण गरेको जनाएको छ । प्रअ नाथले साईकल स्टेन्ड निर्माण गरिएसंगै विद्यार्थीलाई सहज भएको बताए । लक्ष्मी माविका अध्यक्ष दशरथ भण्डारीले यसरी बैंकले विद्यालयको बृद्धि विकासका लागि गरेको सहयोगले थप टेवा पुग्ने बताउँदै आगामी दिनमा थप सरकारी, गैर सरकारी क्षेत्रबाट सामुदायिक विद्यालय बृद्धि विकासमा सहयोगको अपेक्षा राखेका छन।

प्रतिक्रिया दिनुस