कञ्चनपुर । साउन कञ्चनपुरको एक वडा कार्यालयले शिशु जन्मिए भत्ता र वडाबासीको मृत्यु भए दाहसंस्कार खर्च दिने भएको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले शिशु जन्मिए भत्ता र वडाबासीको मृत्यु भए दाहसंस्कार खर्च दिने भएको हो । चालु आर्थिक बर्ष ०८१÷०८२देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टी खर्च दिने निर्णय गरे अनुरुप रकम उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले शिशु स्याहारका लागि शिशु जन्मिने वित्तिकै प्रतिशिशु २ हजार रुपैया र वडाबासीको मृत्यु भएका अन्त्येष्टीका लागि ५ हजार रुपैया रकम उपलब्ध गराउने बताए । वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न गरिब भएकाले शिशु जन्मिए पोषण खानेकुरा नहुँदा कुपोसित हुने र बृद्धि विकासका समस्या हुने भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराएको र मानिसको मृत्यु भएमा अन्त्येष्टीका लागि दाउरा उपलब्ध नहुँदा दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि सक्दो वडाबाट आर्थिक सहयोग गर्न लागेको बताए । ‘वडाको यो निर्णय हामी साउन १ गतेदेखि नै लागु गछौँ, ‘उनले भने, ‘वडामा शिशु जन्मिएर मानिसको मृत्यु भएका प्रकृया अनुरुप कागजात पु¥याए उक्त सहयोग रकम उपलब्ध गराउँछौँ ।’ युवा वडाध्यक्ष प्रकास थापाको उक्त योजनासंगै वडाका विपन्न नागरिक हर्षित भएका छन । मानिसलाई जन्मदेखि मृत्युसम्मका दुखसुखमा साथ दिन लागेको भन्दै हर्षित भएका हुन ।
प्रतिक्रिया दिनुस