शुनिल राना

आउँदो शुक्रबार कञ्चनपुर महेन्द्रनगर विश्व आदिवासी जनजाती दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा विश्व आदिवासी जनजाती दिवस मनाईने भएको हो ।

‘संविधान प्रदत अधिकार आदिवासीहरुको विशेष क्षेत्र, सरक्षित स्वयत्त क्षेत्र, कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनवातीको भाषा लागु गर’ भन्ने मुल नाराका साथ हरेक बर्ष अगस्त ९ तारेखका लागि विश्व आदिवासी जनजाती दिवस मनाउने कार्यक्रम अन्र्तरगत कञ्चनपुर महेन्द्रनगरमा समेत दिवस मनाउन लागिएको हो ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले विश्वका विभिन्न मुलुकमा १९९४ देखि आदिवासी जनजाती दिवस मनाउने कार्यक्तम अन्र्तरगत नेपाल(कञ्चनपुर)मा पनि मनाउन लागेको बताए । अध्यक्ष श्रेष्ठले दिवसको तयारी तिव्र रुपमा अघि बढिरहेको छ । अध्यक्ष श्रेष्ठले जिल्लामा आदिवासी जनजातीभित्र १२ जातीय संघ संगठन रहेपनि कञ्चनपुरमा ८ जातिय संघ संगठनहरुको मौलिक लोक साँस्कृतिक नृत्य प्रस्तुत गरिने बताए । कञ्चनपुरका आदिवासी जनजातीका अगुवा बल बहादुर डगौराले कार्यपत्र प्रंस्तुत गर्ने कार्यक्रम रहेको छ । हर्षोत्लासका साथ दिवस मनाउने उनले बताए ।

नेपाल आदिवासी जनजाती महासंघ भीमदत्त नगर परिषद अध्यक्ष कुमारी लक्ष्मी चौधरीले जिल्लाले आयोजना गरेको कार्यक्रममा भीमदत्त नगर सहित सबै कमिटि समिति तयारीमा खटिएको बताईन । उनले कार्यक्रममा आदिवासी जनजाती समुदायको बृद्धि विकासका लागि योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिने बताईन । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका सचिव साहेब रानाले कार्यक्रम सफल पार्नका लागि आदिवासी जनजाती समुदायकै व्यक्तित्वहरुलाई प्रमुख अतिथिदेखि अतिथि बनाईने बताए । सचिव रानाले तयारी अन्तिम चरणमा पुगेको बताउँदै कार्यक्रम सफल पार्न जिल्लाभरी तयारी तिव्र रुपमा भएको बताए । नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरकी अगुवा महिला सिता चौधरीले विश्वलाई भव्यसभ्य रुपमा सफल पार्नुका साथै आगामी दिनमा सृजनात्मक कामकाज गरेर मनाउने बताईन । आफुहरु हर्षित भएर दिवस मनाउन लागेको र भावि दिनमा समेत मनाउने बताए । नेपाल आदिवासी जनजाती महासंघ युवा समितिका केन्द्रीय सचिव दिल बहादुर चौधरीले दिवस सफल पार्नका लागि युवाहरु खटिएको बताए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरले जिल्लामा हरेक बर्ष दिवस मनाउँदै आएको छ । महासंघले सहभागिताका लागि समेत सरोकारवालामा आब्हान गरेको

छ ।

प्रतिक्रिया दिनुस