गणेश मल्ल

कैलाली । कैलालीका दलित समुदायले आचार्य कृष्ण नेपाली दमाईलाई सम्मान गरेका छन । दलित समुदायको साझा संगठन राष्ट्रिय दलित मुक्ति अभियान कैलालीले आचार्य दमाईलाई सम्मान गरेको हो । आचार्य दमाईलाई एक कार्यक्तमका विच कैलालीका दलित समुदायले दोसल्ला, प्रमाण पत्रका साथै नगद दक्षिणा दिलाएर सम्मान गरेको जनाएका छन ।

कैलालीका दलित अगुवाहरुले समाजसेवी हेम थापालाई आग्रह गरेर नगद ५० हजार रकम समेत आर्थिक सहयोग गर्न लगाएका छन । कैलालीका दलित समुदायले माओवादीको जनयुद्धले ल्याएको उपलब्धी अनुरुप बषौँदेखि अछुता रहेको दलित समुदाले समेत संस्कृति अध्ययन गर्न पाएपछि दलित समुदायका विपन्न कृष्ण दमाईले आचार्य गरेको विश्लेषण गरेका छन ।

कैलालीको स्थानीय सरकार, दलित समुदायले कञ्चनपुर भीमदत्त नगरपालिका ३ तिलकपुरका स्थानीय समेत रहेका आचार्य दमाईलाई सम्मान एव पुरस्कार दिने तर आफ्नै गृह जिल्लाका दलित अगुवादेखि स्थानीय सरकारले वेवास्ता गरेको भन्दै दलित समुदायका केही युवाहरुले कञ्चनपुरका दलित नेता, समाजिक अभियन्ता र स्थानीय सरकारको बिरोध गरेका छन ।

प्रतिक्रिया दिनुस