कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको २७ औँ बार्षिक साधारण सभा शुरु भएको छ । शुक्रबार महेन्द्रनगर स्थित सघकै सभाहलमा बार्षिक साधारण सभा शुरु भएको हो । बार्षिक साधारण सभामा कञ्चनपुरका निर्माण व्यवसायीले काम गरेपनि भुक्तानी नपाएको, तीनै तहका सरकारलाई करैकर बुझाउनुपर्ने मात्रै सुविधा केही नदिएको जस्ता अनेकन गुनासो पोखेका छन ।

नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकास सेटीले साधारण सभाको उद्घाटन गर्दै राज्यले निर्माण व्यवसायीलाई सरक्षण गर्न नसकेको भन्दै दुखेसो पोखेका छन । देश विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएपनि राज्यले त्यो लिन नसकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष एव लामो समयमदेखि पत्रकारिता गर्दै आएका माधव सिह धामीलाई सम्मान गरिएको छ । जिल्लाको पत्रकारिता क्षेत्रमा उल्लेख्यनिय भूमिका निर्वाह गरेको भन्दै धामीलाई पुरस्कृत गरिएको छ । यस्तै जिल्लामा कक्षा १२मा उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई सम्मान एव पुरस्कार वितरण गरिएको छ । लिटिल बुद्धका विज्ञान संकायका विद्यार्थी विमलराज जोशी, सार्कका व्यवस्थापन संकायका विद्यार्थी अनिस गिरी र सुर्येदय पब्लिक स्कुल बन्साहकी छात्र शुनिला कुमारी बोहरालाई नगद ११हजार १११रुपैयाका दरले पुरस्कार सहित सम्मान गरिएको छ । कार्यक्रममा महासचिव योगेन्द्र ठगुराठीले साँगठानिक र कोषाध्यक्ष दिपक भट्टले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले निर्माण व्यवसायीको हकहितका साथै अधिकारका क्षेत्रमा थुप्रै पहल भएको र आगामी दिनमा पनि हुने बताए ।

प्रतिक्रिया दिनुस